
बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–७ को वडा कार्यालयमा वडा सचिव नहुँदा दैनिक रुपमा सेवा लिन सास्ती हुन थालेपछि स्थानीय राजनितिक दलहरुले वडा कार्यालयमा मंगलबार ताला लगाएका छन् । दुई वर्षदेखि वडा कार्यालयमा वडा सचिव नहुँदा वडा नम्बर ८ मा गएर जन्म,मृत्यु, र बसाइसराई लगायतका पञ्जिकरणका काम गराउदै आएका स्थानीयहरुले वडा नम्बर ८ ले सो काम गर्न नसक्ने भनेपछि सेवा लिनबाट अञ्चित भएका वडाबासीको समस्या वडा र नगरपालिकाले कुनै चासो नदेखाएपछि तालाबन्दी गरेको उनीहरुले बताएका छन् ।

सोमबार नेपाली काँग्रेस,नेकपा एमाले,नेकपा माओवादी र नेकपा समाजवादीका वडाका अध्यक्षहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै मंगलबार ताला लगाएको जानकारी सहित वडामा ताला लगाएको नेपाली काँग्रेस वडा कार्य समिति सभापति बीरबहादुर केसीले बताएका छन् ।नेपाली काग्रेसका वडा सभापति प्रतिनिधी विर बहादुर के।सी, नेकपा एमालेका नगर कमिटी प्रेम बहादुर बिष्ट, नेकपा माओबादी केन्द्रका प्रतिनीधी वडा कमिटी अध्यक्ष भक्त विष्ट र नेकपा एकिकृत समाजवादी पार्टीका जिल्ला कमिटी सदस्य दिपक बहादुर केसीको सयूक्त हस्ताक्षरित सार्वजनिक सुचना टाँस गर्दै तालबन्दी गरिएको छ ।दुई वर्षदेखि वडामा पञ्जिकरणमा काम गर्ने वडा सचिव नहुँदा अर्को वडामा काम गराएर सहयोग लिदै आएको र सो काम पनि उक्त वडाबाट सेवा नदिएपछि स्थानीय तहको वडा सरकारले जनतालाई सास्ती दिदै आएको आरोप लागेको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर