
बाजुराः गौमुल गाउँपालिकाद्धारा सञ्चालित रेडियो गौमुल माघ १० गतेबाट तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गर्ने भएको छ । रेडियो गौमुल २०७७ माघ १० गतेबाट गौमुल गाउँपालिकाको केन्द्र घट्मुनाबाट प्रशारणमा आएको हो । गौमुल गाउँपालिकामा सामुदायिक रेडियोको रुपमा समुदायको साथी, समृद्धि, सुशासन र सूचनाको सारथी बन्दै आईरहेको छ ।

गौमुल गाउँपालिका लगायत आम बाजुराबासी अहिले सहज रुपमा सूचना पाईरहेका छन् । विगतमा सञ्चारको पहुँच बाहिर रहेका यहाँका जनता अहिले सञ्चार सूचनाको पहुँचसम्म पुगेका छन् । विश्वमा भईरहेका हरेक गतिविधिहको ताजा सूचनाहरु प्राप्त गरिरहेका छन् । माघ १० गते बुधबार रेडियो गौमुलले स्थापना दिवस विभिन्न गतिविधिका साथ मनाउने रेडियो सञ्चालक समिति अध्यक्ष ज्ञान बहादुर रोकायाले बताउनुभएको छ ।
दिवस औपचारिक कार्यक्रमका साथ मनाईने बताईएको छ । रेडियोले ५० प्रतिशत सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गदैं आउनुका साथै आवाज विश्वासको हो भन्ने मुख्य कुरालाई शिरोधार्य गर्दै आम श्रोता र पाठक वर्गलाई उपयोगी खुराक पस्किने गरी लागिरहेको रेडियोका स्टेशन प्रबन्धक रमित विकले बताउनुभएको छ ।विकटमा विभिन्न प्राविधिक अड्चन समेतको प्रभाव नगरी हाल रेडियो गौमुलले आफ्नो प्रशारण सेवा विस्तारै लयमा लिदैं गएको उहाँले बताउनुभएको छ । हाल ६ पटक स्थानीय समाचार, ३ वटा केन्द्रीय नेटवर्क संगको साझेदारीमा समाचार प्रशारण, रेडियो कार्यक्रम विकास र समृद्धि, गौमुल बहस, मनोरञ्जन कार्यक्रम, स्थानीय संस्कार झल्काउने कार्यक्रम सहित रेडियो दैनिक १५ घण्टा प्रशारणमा रहेको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर