• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कला/साहित्य

साहित्यकार कमला पौडेलका आठ वटा उत्कृष्ट मुक्तकहरु

खप्तड मालिका न्युज January 6, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

साहित्यकार कमला पौडेलका आठ वटा उत्कृष्ठ मुक्तकहरु

✍️कमला पौडेल
बरेङ-१, उर्लेनी,बागलुङ ।
मुक्तक १

पहिचान दिँदै संघर्षहरु गरेर हेर्नुपर्छ
फल पाउन धरोधर्म फुल छरेर हेर्नुपर्छ
आखिर जिवन दुख र कष्ट मात्रै त होनी,
जँहा एक्लै सागरहरु तरेर हेर्नुपर्छ ।।
मुक्तक २
स्वार्थी छ संसार सबै कसैको भर पर्दिन म
परिवार हो सबथोक कसैको लागी मर्दिन म
भाग्य हेरी होइन कर्म गरी जीवन बिताउने छु,
सफल हुनु छ एकदिन कसैको आस गर्दिन म ।।
मुक्तक ३
कसको मनमा केके हुन्छ सबै भित्र देखिने भए
मुहार जस्तै बिचारको उस्तै चित्र देखिने भए
सायद ऐना कसैले प्रयोग गर्ने थिएनन् पक्कै
ऐना हेर्दा आफ्ने असली चरित्र देखिने भए ।।
मुक्तक ४
धर्तिमै छु आकासको छानो मुनि यहि मेरो जिन्दगी हो
हेर्दा सामान्य तर धेरै सुखी छुनी यहि मेरो जिन्दगी हो
सन्तोष छैनन् कोहि पनि आलिसान महलमै बसेपनि,
म छु सडकमै कयौ सपना बुनी यहि मेरो जिन्दगी हो ।।
मुक्तक ५
गरिबको मजदुरी अनि धनीको कुरिकुरि हुनसक्छ
गहिरिएर हेर समानतामा पनि कतै दुरी हुनसक्छ
बाध्यतालाई मजाक बनाउनेहरु होसियार बन्ने गर,
होइन भने त नम्र बोलीवचन पनि छुरी हुन सक्छ।।
मुक्तक ६
कुसंस्कार र कुरितिले सबलाई खाएको पो देख्छु
फेसनको नाममा कपडा उधारेर लाएको पो देख्छु
टेकेको धरातल बिर्सिएर भन्दा उल्टो जमाना होनि,
कठै निर्दोष समयले नै अबजस पाएको पो देख्छु।।
मुक्तक ७
मैलो झुत्रो एकजोड कपडा घरीघरी लगाउनु पर्छ
नजिक आउनै नपाई कैयौंपटक खुसी भगाउनु पर्छ
तिम्रो जस्तो रङ्गिचङ्गी जीवन होइन नि त साथी मेरो,
देखावटी मुस्कानको लागि सदा आँसु बगाउनु पर्छ ।।
मुक्तक ८
सबै कुरा सम्भव मानी अब पढ्नु पर्छ मैले
भुलेर सारा बिगत अगाडी बढ्नु पर्छ मैले
सुहाउँदैन तलाई शिक्षा भन्नेृहरुको खातिर,
सफलताको शिखर एकदिन चढ्नु पर्छ मैले ।।

सम्बन्धित पोस्ट
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • कक्षा १२ को नतिजा सार्वजनिक
  • बाजुरामा दाँते ओखर खेती (तस्वीर)
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    समाचार

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑