• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 29, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

घट्मुनामा बृहत कृषि तथा खाद्य मेला प्रर्दशनी कार्यक्रम सम्पन्न

खप्तड मालिका न्युज December 30, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा / जिल्लाको गौमुल गाँउपालिकाको केन्द्र घट्मुनामा बृहत कृषि तथा खाद्य मेला प्रर्दशनी कार्यक्रम सम्पन्न भएको छ । गौमुल गाउँपालिकाको आयोजनामा आज एक औपचारिक कार्यक्रमका साथ कार्यक्रम आयोजना गरिएको हो । “आत्मनिर्भर जनता गौमुल समृद्धिको आधार, शिक्षा र स्वास्थ्यमा सुधार जडीबुटी, पर्यटन प्रवद्र्धन र सहकारी मार्फत कृषिजन्य व्यापार” भन्ने नाराका साथ मेलाको आयोजना भएको हो ।

 

घट्मुनामा आयोजना भएको खाद्य मेला तथा बाली प्रदर्शनीमा विभिन्न बालीहरु राखिएका थिए । कृषकलाई व्यवसायीकरण बनाउन कृषकको उत्सवका रुपमा प्रत्येक वर्ष सञ्चालन गरिदै आएको कृषि मेलामा बालीहरुको स्टल राखिएका थिए ।मेलामा खाद्यन्न बाली, फलफूल बाली, तरकारी बाली, नगदे बाली, दलहन बाली, जरेबाली, मसला बाली, विविध मह च्याउँ सहीत २ सय ५२ बाली दर्ता गरिएको थिए । जसम मध्ये उत्कृष्ट किसानलाई पुरस्कार प्रदान गरिएको हो । विभिन्न विधामा उत्कृष्ट कृषकलाई प्रमाणपत्र र कृषि सामाग्री प्रदान गरिएको थियो ।कार्यक्रममा हाजिरी जवाफ प्रतियोगिता समेत सञ्चालन गरिएको थियो ।

 

कृषको क्षमता विकासका लागि सञ्चालन गरिएको प्रतियोगितामा प्रत्येक वडाको एक समूहबाट ४÷४ जनाका सहभागिता रहेको थियो । जसमा प्रथम वडा नं १, द्धितीय वडा नं ५, तृतीय वडा नं ६ र शान्तना वडा नं ४ भएको छ । स्टलमा राखिएका विभिन्न बालीहरुको प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत अन्य अतिथिहरुले संयुक्त रुपमा अवलोकन गरेका थिए ।

 

गौमुल गाउँपालिका अध्यक्ष सीता थापाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको विशिष्ट अतिथिमा वडा नं ५ का वडाध्यक्ष कलक सिंह, १ का वडाध्यक्ष देवेन्द्र बहादुर रोकाया ४ का वडाध्यक्ष अमर बहादुर विक, ३ का वडाध्यक्ष गोरख बहादुर बोहरा रहनुभएको थियो । त्यस्तै अतिथिमा कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशी, आईएनएफ नेपाल बाजुराका प्रमुख खमेराज मिश्र विभिन्न पार्टीका प्रतिनिधी, संस्थाका प्रतिनिधी लगायत रहनुभएको थियो । गौमुल गाउँपालिका जिन्सी शाखा प्रमुख गणेश रोकायाले सञ्चालन गर्नुभएको कार्यक्रममा ६ वटै वडाका कृषकहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित पोस्ट
  • बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा
  • बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    समाचार

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑