
बाजुरा/ जिल्लाको बुढीगंगा नगरपालिकाले आफ्नै लगानीमा २ वटा ग्रामिण सडकलाई कालोपत्रे गर्ने भएको छ ।जिल्लाका अन्य स्थानीय तहहरूले ग्रामिण सडक कालोपत्रे गर्न नसकेको अवस्थामा बुढीगंगाले भने आफ्नै स्रोतबाट पहिलो चरणमा २ वटा सडक कालोपत्रे गर्ने गरि काम अगाडि बढाएको छ ।बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बाँनियाले आज एक औपचरिक कार्यक्रमका विच वडा नम्वर ६ को बेतालमाण्डौ देखि त्रिशक्ति मावि हुदै जुवापानि जाने सडक र वडा नम्वर २ को ताँप्रिशेरा देखि वडा कार्यालय हुँदै नडाङसम्म जाने सडक पिच गर्ने गरि शिलान्यास गरेका छन्।
२ वटै ठाउँमा जाने पक्कि सडक निर्माणको जिम्मा बङ्लामुखि जेवि निर्माण सेवाले लिएको छ । दुवै सडक पिच गर्नका लागि बुढीगंगाले २० करोड रकम खर्च गर्ने भएको छ ।वर्षभित्र २ वटै ग्रामिण सडक करिव ५ , ५ किलोमिटर पक्की बनाउने गरि काम अगाडि बढाईएको नगरप्रमुख रामबहादुर बाँनियाले बताएका छन् ।नगरप्रमुख बानियाँले निर्वाचनपश्चात् साविकका बाह्रविस, कुल्देवमाण्डौ र बह्रमतोला गाविसका केन्द्रसम्म पुग्ने गरि पक्की सडक निर्माण गर्ने निर्णय गरेका थिए । सोही अनुसार पहिलो चरणमा साविकको बाह्रविस र बह्रमतोला गाविस जोड्ने सडक पिच गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर