
बाजुरा : बडीमालिकामा गत पुश १ गतेबाट सञ्चालित भएको चौथो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाध मालिका मा.वि ले हात पारेको छ । नगरपालिकामा सञ्चालित नगर स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी मालिका मा.विले जितेको छ । विहिबार सम्पन्न प्रतियोगितामा ४७ स्वर्ण, १३ रजत र ४ कास्यसहित ६४ पदक जितेर सदरमुकाम मार्तडीमा रहेको मालिका माविले चौथो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी जित्न सफल भएको छ । त्यस्तै प्रतियोगितामा ९ स्वर्ण, ३ रजत र ४ कास्य सहित १६ पदक प्राप्त गरि बडीमालिका नगरपालिका वडा.नं २ को सत्यवादी मावि दोस्रो बनेको छ । भने ८ स्वर्ण, ६ रजत र १० कास्यसहित २४ पदक जितेर क्रियटर जोन एकेडेमी तृत्तिय भएको छ ।

बडीमालिका नगरपलिकाको आयोजना र बडीमालिका नगर स्तरिय खेलकुद विकास समितिको व्यवस्थापनमा पुस १ गतेबाट सो प्रतियोगिता मालिका माविको खेलमैदानमा संचालन गरिएको थियो । प्रतियोगितामा ४ वटा एथलेटिक्स, भलिवल, कवड्डी र मार्सलआर्ट विधामा सहभागि विद्यालयहरुविच प्रतिष्पर्दा गराईएको थियो ।प्रतियोगितामा विजेता बनेका खेलाडीहरुलाई ट्रफि, मेडल र प्रमाणपत्रले पुरस्कृत गर्दै कार्यक्रमको समापन गरिएको बडीमालिका नगरस्तरीय खेलकुद विकास समितिका संयोजक राजेश पायल विकले बताएका छन् ।
प्रतियोगितामा विभिन्न खेलमा सहभागी बिद्यार्थीहरुबाट उत्कृष्ट खेलाडीहरुलाई कोल्टीमा हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराइने आयोजकले बताएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य पदमबहादुर शाहीले उद्धघाटन् गरेको नगर स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज एक औपचारिक कार्यक्रमका विच बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको छ ।


बडीमालिका नगरस्तरीय खेलकुद विकास समितिका संयोजक राजेश पायल विकको अध्यक्षतामा सम्पन्न गरिएको प्रतियोगितामा प्रमुख अतिथि बडीमालिकाका नगरप्रमुख अमर खड्का रहेका थिए । त्यस्तै विशिष्ट अतिथि उपप्रमुख नन्दा कुमारी थापा, प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, डिएसपी कविन्द्र सिंह बोहरा, बडीमालिका ८ का वडा अध्यक्ष चन्द्रबहादुर थापा, ९ का अध्यक्ष सुर्यकिरण विक, मालिका माविका विव्यस अध्यक्ष काँशी विक लगायत अतिथि रहेका थिए । प्रतियोगीतामा नगरपालिका भरिका ११ वटा बिद्यालयहरु सहभागी भएका थिए ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर