बाजुरा : बाजुराको खप्तड छेडेदह गाउँपालिकालाई काठमाडौं महानगरपालिकाले एम्बुलेन्स उपलब्ध गराउने भएको छ । महानगरले असोज ४ गते ३५ वटा एम्वुलेन्स वितरण गर्नका लागि देशभरका ईच्छुक स्थानिय तहलाई विवरण माग गरेको थियो । सोहि सुचनाका आधारमा खप्तड छेडेदह गाउँपालिकाले तोकिएको मापदण्ड अनुसार विवरण उपलब्ध गराई महानगरसंग एम्बुलेन्स माग गरेकाले महानगरले खप्तड छेडेदहलाई छनोट गर्दै एम्बुलेन्स दिने भएको जनाएको छ । आज महानगरपालिकाले खप्तड छेडेदह गाउँपालिकालाई पत्राचार गर्दै एम्बुलेन्स प्राप्त गर्न राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ बमोजिमको प्रक्रिया अपनाउदै ऐम्बुलेन्स दिन महानगरले पत्राचार गरेको हो ।
सोहि निर्देशिकाको ख बर्गको एम्बुलेन्स प्राप्त गर्न सोहि निर्देशिकाको दफा ५ अनुसार सम्पुणर् प्रक्रिया पुरा गरि जिल्ला। प्रदेश र राष्ट्रिय ऐम्बुलेन्स व्यवस्थापन समितिबाट ऐम्बुलेन्स सञ्चालन अनुमति लिनुपर्ने महानगरको पत्रमा उल्लेख गरिएको छ । त्यस्तै सो निर्देशिकाको दफा १३ बमोजिम ऐम्बुलेन्स लिन सबै प्रक्रिया पुरा राजस्व छुट पत्र प्राप्त भएपछि माघ मासान्तसम्म महानगरले ऐम्बुलेन्स उपलब्ध गराउने जनाएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर