• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 16, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कला/साहित्य

पत्रकार जोशिको उपन्यास (नाजवाफ) काे मंसिर २४ गते बिमोचन गरीदै

खप्तड मालिका न्युज December 8, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गाेेबिन्द्र राज तिमिल्सेना  बाजुराः  जिल्लाको स्वामिकार्तिक खापर गाँउपालिका वडा.नम्बर ४ मा जन्मनु भएका बिगत करिब एक दशकदेखि पत्रकारीता पेशामा आबद्ध पत्रकार तथा शिक्षक नहकुल जोशिको पहिलो उपन्यास (नाजवाफ) को यहि मंसिर २४ गते बिमोचन गरीने भएको छ । बिगत लामो समयदेखि पत्रकारीता तथा लेखन क्षेत्रमा कटिबद्ध रहेका जोशिको उपन्यास नाजवाफ को बिमोचन हुने भएको छ । उक्त उपन्यास बजारमा आइसकेको छ भने उक्त उपन्यास मात्र ४३० रुपैयामा किन्न सकिने भएको छ । बाजुरा जस्तो बिकट ठाँउमा जन्मेर आफ्नो लेखन क्षेत्रलाई बलियो पार्दै लामो समयको अथक प्रयास पछि उहाँले आफ्नो पहिलो तथा नँया उपन्यास (नाजवाफ) बजारमा ल्याउन सफल भएका छन ।

सानै उमेरमा रचना सिर्जना गर्न,तथा लेखन क्षेत्रमा पोख्त जोशि बाल्यकालमा अन्य लेखकका नँया नँया पुस्तक पढ्ने,आफै रचना कोर्न प्रयास गर्ने एक अशल,इमान्दारीर कर्मठ ब्यक्ति हुन । यदि सानै उमेरमा यो क्षेत्रप्रति खासै लगाफ नभएको भए सायद जोशिले यो सफलता प्राप्त गर्न सक्नुहुन्न थियो । तर सानैबाट मिहिनेत गरेर अहिले उहाँ सफल हुनुभएको छ । परिश्रमको फल मिठो हुन्छ भन्ने उदेश्यलाई आत्मसाथ गर्दै जिवनको जस्तोसुकै परिस्थितीमा पनि हार नखाई लेखन क्षेत्रलाई अगाडी बढाएका उहाँले बास्तवमा एक असल उपन्यासकारको रुपमा आफुलाई स्थापित गरेका छन । उपन्यास कोर्न सायद जो कोहिले सक्दैनन जसले लेखन क्षेत्रलाई निरन्तरता दिन सक्छ, जसले अथक प्रयास गर्न सक्छ त्यस ब्यक्तिले मात्रै उपन्यास रचना गर्न सक्छ जसको उदाहरणको रुपमा जोशिलाई लिन सकिन्छ । पेशाको हिसाबले जोशि शिक्षक भएता पनि करिब एक दशक देखि पत्रकारीता क्षेत्रको उहाँमा ठुलो अनुभव रहेको छ । जिल्लामा संञ्चालित बिभिन्न मिडिया तथा रेडियोमा आबद्ध भएर काम गरीसकेका छन । जिल्ला सदरमुकाम मार्तडीमा रहेको रेडियो पौरखी ९०.४ मेगाहर्जमा पनि उहाँले लामो समयसम्म समाचार प्रमुख संगै मेनेजर भएर काम गरीसकेका छन । भने अहिले उहाँ बुढीनन्दा नगरपालिकामा रहेको रेडियो बुढीनन्दामा स्टेशन मेनेजरको रुपमा काम गरीरहेका छन । साथै बिद्यालयहरुमा शिक्षण समेत गराई रहेका छन ।

एम.ए.एम.एडको पढाई गरेका जोशिले कबिता र गजल बिद्यामा समेत कलम चलाउने गरेका छन । त्यतिमात्रै नभई आवाजबिहिनका आवाजहरु उठान गर्नको निमित्त जोशि सधै लागी परेका हुन्छन् ।तिनै अशल,कर्मठ शिक्षक तथा पत्रकार जोशिको उपन्यास मंसिर २४ गते दिउसो १ बजे बिमोचन हुने भएको छ । सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशिको प्रमुख आतिथ्यमा उहाँकै कार्यालयमा उपन्यासको बिमोचन हुन लागेको आयोजक सुनन्दा मिडिया हाउसले जानकारी दिएको छ । उक्त उपन्यास बिमोचन कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्नको लागी सबैको उपस्थितको लागी पनि आयोजक सुनन्दा मिडिया हाउसले अनुरोध गरेको छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑