• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 22, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड सुरु, प्रदेश सभा सदस्य शाहिले गरे उद्घाटन

खप्तड मालिका न्युज December 8, 2023 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

बाजुराः गौमुल गाँउपालिकामा पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड सुरु भएको छ । “ स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागी खेलकुद ” भन्ने मुल नाराका साथ आजबाट पालिका स्तरिय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड सुरु भएको गाँउपालिकाले जनाएको छ । उक्त चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उद्घाटन सुदुरपश्चिम प्रदेश सभा सदस्य माननिय पदम बहादुर शाहीले गर्नुभएको छ । खेल क्षेत्रको विकास र खेलाडी उत्पादन गर्नका लागि पालिकामा  पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संञ्चालन गरीएको गाँउपालिकाका अध्यक्ष हरी बहादुर रोकायाले बताएका छन । अध्यक्ष रोकायाका अनुसार पालिकाले प्रत्येक वर्ष खेलाडी प्रोत्साहनका लागि खेलकुदका गतिविधिहरु नियमित सञ्चालन गरिरहेको स्मरण गराउदैं यो बर्ष पनि चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको आयोजना गरीएको बताएका छन । विद्यालय स्तरबाट नै खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका लागि हरेक बर्ष गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता सञ्चालन गरीदै आएको बताउदै यो बर्ष पनि नियमितता दिनको लागी कार्यक्रमको आयोजना गरीएको बताएका छन । ।पालिका भित्र खेलप्रति चाँसो राख्ने युवाहरुको जमात धेरै भएका कारण ति  युवा तथा वालवालिकाहरुको पहिचान गरी उनीहरुको खेललाई थप बढवा दिनको लागी कार्यक्रम आयोजना गरीएको बताए ।
No description available.
पालिकाले यो भन्दा अगाडी नै सुचना निकालेर पालिका भरिका सबै बिद्यालयका बिद्यार्थीहरुलाई छनोट गरेर पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा सहभागि गराउन जानकारी गराएको थियो । पालिकाका सम्पुर्ण बिद्यालयले पनि बिद्यालयमा रहेका अनुशाशित,इमान्दारी,लगनशिल बिद्यार्थी खेलाडीहरु छनोट गरी पालिका स्तरीय रनिङ्ग शिल्डमा सहभागी गराएका छन । खेलमा सहभागी हुने प्रत्येक बिद्यालयका सम्पूर्ण खेलाडी तथा प्रशिक्षक सहितको टिमको टोली पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा उपस्थित भइसकेका छन । पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा विद्यार्थी तथा प्रशिक्षकको ब्यबस्थापन सबै पालिकाले नै गर्ने गाँउपालिकाले जनाएको छ । खेल क्षेत्रमै भविष्य बोकेका युवा बिद्यार्थीहरु पािलकामा धेरै रहेका कारण ति विद्यार्थीहरुको खेलप्रतिको चाँसोलाई थप निरन्तरता दिनको लागी पालिकाले चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको आयोजना गरेको पालिका स्रोतले जानकारी दिएको छ । लहड र रहरले मात्र खेलाडी नबनेर भविष्य नै खेल क्षेत्रमा देख्ने खेलाडीले मात्र राम्रो फड्को खेल क्षेत्रमा फड्को मार्ने कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका थिए ।
No description available.
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सभा सदस्य माननिय पदम बहादुर शाहीले, खेलले राष्ट्रको लागी मात्रै नभई मानिसको शारिरकि तथा सर्वाङ्गिण बिकाशमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने कुरा बताउदै खेललाई प्रमुख प्राथामिकतामा राखेर अगाडी बढ्नुपर्ने बताएका छन । आफ्नो बाल्यकालको खेलप्रतिको स्मरण गराउदै सबै युवा तथा बालबालिकाहरुमा खेलले मानिसको जिवनमा ठुलो परिर्वतन गरिदिने बताएका छन । दैनिक खेलप्रति चाँसो राख्ने युवा बालबालिकाहरुको शारिरीक शक्ति पनि बलियो हुने कुरा समेत बताएका छन ।
No description available.
खेल देशकै गर्वको कुरा मात्र नभई आफ्नो जिवनमा पनि त्यति नै महत्वपुर्ण रहेकाले खेल क्षेत्रलाई धेरै भन्दा धेरै बिकाश गरेर आफुसंगै अगाडी बढाएर लैजानु पर्ने कुरामा जोड दिनुभएको छ । देशको अर्थतन्त्र अन्य क्षेत्रमा बढी लगानी गर्नुभन्दा खेलक्षेत्रमा बढी लगानी गरे देशको खेल क्षेत्र थप बलियो बन्ने उहाँले बताए । देशमा राम्रा खेलाडीहरु उत्पादन गरे बिदेशि अर्थतन्त्रलाई पनि संञ्चित गर्न सकिने कुरामा उहाँले बिषेष जोड दिएका छन ।
No description available.
देशमा खेलक्षेत्रको लागी कुने पनि गुणस्तरीय प्रबिधिको बिकाश समेत हुन नसकेको बताउदै देशका खेलाडीहरु पछाडी परिरहेको उहाँले बताएका छन । देशमा नत कुनै गुणस्तरीय खेल रंगशालाहरु नै निमार्ण गर्न सकिएको छ, नत खेलाडीहरुको लागी उचित ब्यबस्थापन गर्न सकिएको छ  । यदि देशमा उचित गुणस्तरीय खेल प्रबिधिको बिकाश गरी खेलाडी ब्यबस्थापन गर्न सकियो भने देशको खेल क्षेत्र गुणस्तीय बनाउन सकिने बताएका छन । जिल्ला बाजुराको खेल क्षेत्रको उदाहरण दिदै जिल्लामा खेल क्षेत्रको कुनै पनि राम्रो बिकाश हुन नसक्दा जिल्लाका अनुशाशित राम्रा खेलाडीहरु पछाडी परिरहेको बताएका छन । जिल्लाको खेल क्षेत्रको बिकाशको लागी आफ्नो तर्फबाट प्रदेशमा बिषेष पहल गर्ने पनि माननिय शाहीले बताए । आफुलाई पनि सानैमा खेलप्रतिको चाँसो निकै राम्रो भएका कारण खेलप्रति बिकाश गर्नमा आफु सधै तत्पर रहने उहाँले बताए । जिल्लाको खेल क्षेत्र तथा खेलाडी उत्पादनमा सधै कटिबद्ध रहेर लागी पर्ने बताएका छन । खेलाडीहरु अनुशासित र व्यवस्थित हुनुपर्नेमा जोड दिदै खेलाडीमा अनुशासन भएन भने उसले राम्रो स्थान ल्याउन नसक्ने बताउँदैं सर्वप्रथम खेलाडी मर्यादित, अनुशासित र व्यवस्थित भयो भने देश तथा जिल्लाको खेल क्षेत्रको बिकाश गर्न सकिने कुरामा समेत जोड दिएका छन ।
No description available.
पालिकाले आजबाट संञ्चालन गरेको पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड तिन दिन सम्म संञ्चालन गरीने बताइएको छ । आजबाट संञ्चालन भएर यहि मंसिर २४ गतेका दिन सम्पन्न गरीसकिने गाँउपालिकाले जनाएको छ । गाँउपालिका भित्र रहेका ६ वटै वडाभरीका अन्तर मा‍.वि स्तरीय विद्यालयका विद्यार्थीहरुबीच प्रतियोगीतामा प्रतिष्पर्धा गराईने भएको छ । एक औपचारीक कार्यक्रमका बिच गाँउपालिकाको केन्द्र घट्मुनामा उक्त चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको सुरुवात गरीएको छ ।
No description available.
गाँउपालिकाका खेल संयोजक  बल बहादुर रोकायाको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सभा सदस्य माननिय पदम बहादुर शाही रहनुभएको थियो । कार्यक्रममा पालिका अध्यक्ष हरी बहादुर रोकाया,५ नं वडा अध्यक्ष कलक सिंह,गोरख बहादुर बोहरा,नेपाली काँग्रेस बडिमालिका नगर सभापति गोपाल कार्की,गौमुल गाँउपालिका सभापति राज धामी,लगायत बिशिष्ट अतिथि रहेका थिए । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ बाजुराकाे सचिव रमित वि.क , नेपाल प्रेश युनियन जिल्ला उपाअध्यक्ष जय बहादुर रावत,बिभिन्न वडाका वडा अध्यक्ष,वडा सदस्य,बिभिन्न बिद्यालयका प्रधानाध्यापक,राजनितिक दलका प्रमुख एवम् प्रतिनिधि,सुरक्षा दलका प्रमु एवम् प्रतिनिधि,सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, खेलमा सहभागी बिद्यार्थी,प्रशिक्षक लगायत स्थानियहरुको बाक्लो उपस्थित रहेको थियो ।
No description available.

सम्बन्धित पोस्ट
  • कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ
  • माटो परिक्षणकाे लागी घुम्ती शिविर
  • ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु
  • शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    समाचार

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै

    पश्चिमी र स्थानीय वायुको प्रभाव,चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑