
बाजुरा ,२० मंसिर: बडीमालिका नगरपालिकाले नगरस्तरीय खेलकुद विकास समितिको संयोजकमा राजेश पायल वि.कलाई जिम्मेवारी दिएको छ । बडीमलिका नगरपालिकाका कार्यपालिका सदस्य समेत रहेको विकलाई मंगलवार बसेको ३१ औं कार्यपालिकाको बैठकबाट नगर स्तरीय खेलकुद विकास समितिको संयोजकको जिम्मेवारी दिईएको नगर प्रमुख अमरबहादुर खड्काले बताएका छन् ।
नगरपालिका भित्र हुने खेलकुदका हरेक गतिविधिहरुलाई नगर स्तरीय खेलकुद विकास समिति मार्फत संचालन गर्ने गरि विकलाई जिम्मेवारी दिईएको नगरपालिकाले जनाएको छ । नगर स्तरीय खेलकुद विकास समितिको जिम्मेवारी पश्चात विकले भने आफुले नगरले दिएको जिम्मेवारीमा रहेको खेलकुदको विकासका लागि निरन्तर लागिरहने बताएका छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर