
बाजुरा– नेपाल राईजिङको सहयोगमा गौमुल गाँउपालिका भुकम्प पिडीतलाई रात बितरण गरीएको छ । बडिमालिका फाउण्डेशनको सहकार्य तथा नेपाल राईजिङको सहयोगमा गौमुल गाउँपालिकाका भुकम्प पिडीतहरुलाई राहत बितरण गरिएको हो ।गौमुल गाउँपालिकाका ३१ परिवारलाई उक्त राहत साम्रगी बितरण गरएिको बताइएको छ । राहत सामाग्रीमा एक कट्टा चामल, दाल, तेल, नुन लुगा धुने साबुन, नुहाउने साबुन प्रती परिवार एक बल्याङकेट लगायतका साम्रगी बितरण गरिएको फाउण्डेशनका अध्यक्ष प्रकाश बहादुर सिहंले बताउनुभएको छ । जिल्लामा भुकम्पडिति निकै बिचच्लीमा परेका छन् । थोरै भएपनि पिडा भएको बेला सहयोग पाउदा स्थानियलाइ निकै सहज भएको छ । जाडोको समयमा बल्याङकेट समेत पाउँदा स्थानिय खुशी भएको गौमुल गाउँपालिका उपाअध्यक्ष सिता थापाले बताएकी छन ।बडिमालिका फाउण्डेसन नेपालका अध्यक्ष प्रकाश बहादुर सिहंको अध्यक्षतामा संचालन भएको कार्यक्रममा गौमुल गाउँपालिका उपाअध्यक्ष सिता थापा प्रमुख अतिथि रहेकी थिइन ।
राहत बितरण कार्यक्रमको संचालन फाउण्डेशनका उपाअध्यक्ष पदम बहादुर सिहले गरेको कार्यक्रममा गौमुल गाउँपालिकाका प्रबक्ता देब बहादुर रोकाया, गौमुल गाउँपालिका १ का वडा अध्यक्ष देबेन्द्र बहादुर रोकाया, प्रमुख प्रशासकिय अधिकृत जगदिश भट्ट, नेपाल पत्रकार महासंघ बाजुराका सचिव रमित विक लगायतको उपस्थिती रहेको थिायो ।पटक पटक आइरहने भुकम्पको पराकम्पनले जिल्लामा ७ हजार १ सय ३० घरमा क्षति भएको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ । बझाङमा असोज १६ गते मंगलबार दिउँसो गएको ६.३ म्याग्निच्युडको भूकम्पले बाजुरामा बढी क्षति पुगाएको थियो । भुकम्पले जिल्लामा १३ सय ८३ घर पुर्ण रुपमा क्षति भएका छन् । त्यस्तै आंशिक रुपमा ५ हजार २९ र ७ सय १८ जोखिम गरी ७ हजार १ सय ३० घरमा क्षति भएको जिल्ला प्रशासन कार्यालय बाजुराको तथ्याकंमा उल्लेख गरिएको छ ।
सबै भन्दा बढी क्षति खप्तड छेडेदह गाउँपालिकामा ९ सय ८९ घर भएको प्रशासनले वताएको छ । त्यस्तै बडिमालिकामा १ सय १४, त्रिवेणीमा १ सय १०, बुढिगंगामा १ सय २६ र बुढिनन्दा नगरपालिका १७ घरमा पुणर्रुपमा क्षति भएको छ । गौमुल गाउँपालिका २५ घर र हिमाली गाउँपालिकामा २ घरमा पुर्ण क्षति भएको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर