गुलरियाः बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ४ स्थित तुलापुरमा आगलागीबाट ४ जनाको मृत्यु भएको छ । कोठा न्यानो बनाउन राखिएको तसलाबाट आगो फैलिएपछि उनीहरुको मृत्यु भएको हो ।आगलामीमा परी अन्दाजी ७ वर्षीय कृष चन्द, १८ महिनाको कार्तिक चन्द, ९ वर्षीया मानसी बुढा र ३६ वर्षीया राधा बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले बताए । मृतहरुको शव घटनास्थलमै छ । घटनामा २७ वर्षीया करिस्मा चन्द घाईते भएकी छिन् । उनको बर्दिया अस्पताल गुलरियामा उपचार भैरहेको छ ।
भरत चन्दको ईंटामाटोले बनेको टायलले छाएको घरमा आगो ताप्ने क्रममा एक्कासी आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएपछि तत्काल नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइ घाइतेको उद्धार गरिएको छ । आगलागीबाट एउटा कोठा पूर्ण रुपमा जलेर नष्ट भएको छ । घटनास्थल प्रहरीले नियन्त्रणमा लिइ मुचुल्का बनाएकोले अनुसन्धानबाट घटनाको थप बास्तविकता पुष्टि हुने डीएसपी अर्यालको भनाइ छ ।ताप्न राखिएको आगोबाट आगलागी भएको भन्ने कुरा आएको गुलरिया नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सुरेश गौतमले बताए । गएराती साढे १० बजेतिर आगलागी भएको स्थानीय मार्फत जानकारी पाएको उनले बताएका छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर