
बाजुरा : नेपाली सेनाले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय जंगी अड्डाले शुक्रबार एक सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका पदहरूका लागि दरखास्त आह्वान गरेको हो । जस अन्तरगत धेरै समय पछी बाजुरामा पनी भर्ना हुन पाउने सुचनामा उल्लेख गरिएको छ । बाजुरामा ५० जनाको कोटा निधारण गरिएको छ ।बाजुरामा सैनिक परिवारबाट २ जना खुल्ला तर्फ २६ जना महिला ५ जना ७जना आदिबासी जनजाती ६ जना मधेशि ,दलित ३ जना १ जना पिक्षे गरि जम्मा ५० जनाका लागि कोटा निधारण गरिएको सुचनामा उल्लेख गरिएको छ । बाजुरामा दुर्गाभन्जन गुल्म मार्तडीमा भर्ना लिइने जनाएको छ । यो बाजुरामा भर्ना र छनौटका लागि दोस्रो पटक हो ।
खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सैन्य पदको हकमा नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त दिन सक्नेछन् ।ट्रेडका फलोअर्स पदहरूको हकमा उम्मेदवार स्वयं भर्ना केन्द्रमा उपस्थित भई दरखास्त फाराम भरी दरखास्त पेस गर्नुपर्नेछ । दरखास्त आजबाट पुस ७ गतेसम्म आवेदन दिन सकिने छ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता आवेदन दिन सकिने भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले जनाएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर