
बाजुरा : धनगढीबाट बाजुरा आउदै गरेको जीप डोटीमा दुर्घटना हुदा ४ जनाको मृत्यू र ५ जना घाईते भएका छन । के आईसिंह राजमार्ग अन्तरगत डोटीको शिखर नगरपालिका ६ मा दुर्घटना भएको प्रहरी चौकी तलकोट डोटीले जनाएको छ । ग २ च २७७६ नम्मर बोलेरो जिप अनियन्त्री भई सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतेहरुको उपचारका लागि दिपायल स्थित शैलेश्वरी अस्पतालमा पठाएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा सबै हिमाली गाउँपालिकाका रहेका छन । जसमा हिमाली गाउँपालिका ५ का २२ बर्षिया राधिका हमाल, बर्ष ३२ की धनसोभा बुढा, निज धनसोभा बुढाको ६ बर्षिया छोरा कबिन्द्र बुढा र सोही वडाका बिमला मलालकी ८ बर्षिया छोरी प्राथना मलाल रहेका छन ।
त्यसै गरी घाईते हुनेमा सोही गाउँपालिका ५ का बर्ष ३० का प्रकाश बुढथापा, बर्ष २३ का खोम बहादुर मलाल, बर्ष २४ का दान बहादुर बुढा, बर्ष २१ कि बिमला मलाल र बर्ष २१ का राज बहादुर मलाल रहेका छन । घाईते मध्य राज बहादुर मलालको अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । चालकलाइ प्रहरीको नियन्त्रणमा लिसकेको जनाएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर