
बीरेन्द्रनगर : पश्चिम नेपालमा शुक्रबार राति आएको ६.४ म्याग्निच्युडको भूकम्पले अहिलेसम्म ७८ जनाको ज्यान गएको छ भने सयौं जना घाइते भएका छन् । रूकुम ३० जना र जाजरकोटमा ४८ जना गरी ७८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष रोकले जानकारी दिएका छन् ।उनका अनुसार घरहरू धेरै भत्किएका छन्। घाइतेहरूबारे पूर्ण जानकारी आइनसको र संकलनको कम भैरहेको बताइ एको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भूकम्पका घाइतेहरुको तत्काला उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालित हुन निर्देशन दिएका छन् । उनले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार तथा राहत वितरणका लागि तीन वटै सुरक्षा निकाय परिचालन गर्न निर्देशन दिएका हुन् । उक्त प्रधानमन्त्रीकाे निर्देशनपछि सुरक्षा निकायकाे टाेली भूकम्प स्थल जाँदै छ ।सरकारले जाजरकोट र रुकुमका भुकम्पप्रभावितहरुको उद्दार र राहतका लागि स्वास्थ्यकर्मी सहित हेलिकप्टर पठाउने तयारी गरेको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर