• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 14, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

स्वामिकार्तिक गाउँपालिकामा उत्पादित प्याजले बजार नपाउँदा किसानहरू चिन्तित

खप्तड मालिका न्युज October 29, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा :-  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उत्पादन भएको प्याजले बजार नपाउँदा कृषक चिन्तित बनेका छन् । वडा नम्बर १ बाहुनीका कृषकहरुले व्यावसायिक रूपमा प्याज खेती गरे पनि बजार नपाउँदा किसानहरु चिन्तित बनेका हुन् ।परम्परागत खेती छाडेर प्याज उत्पादन गरेका स्थानीयले बिक्री नहुँदा घरमै कुहिन थालेको छ । गहुँ, मकै खेती छाडेर प्याज खेती गरेका स्थानियले यो वर्ष अनुमानित ५ सय क्विन्टल प्याज उत्पादन गरेका छन । भण्डारण भएको प्याजले बजार नपाएपछि दैनिक कुहिएर खेर जान थालेको उनीहरूको गुनासो छ ।उत्पादन भएको प्याज दैनिकजसो कुहिएर खेर जान थाले पनि स्थानीय र प्रदेश सरकारबाट ढुवानीका लागि अनुदान पाएका छैन । ‘स्थानीयका घरगोठ प्याजले भरिएका छन् तर बजार पाइएको छैन’, वडा नम्बर १ बाहुनीका कालु विकले भने, ‘करिब ५ सय क्विन्टल प्याज खेर जाने अवस्थामा छ । गहुँ भन्दा प्याज दोब्बरले उत्पादन भए पनि बजार नहुँदा खेर जाने अवस्था आएको विकले सुनाए ।
कृषि ज्ञान केन्द्र बाजुराले बाहुनीलाई प्याज पकेट क्षेत्र घोषणा गरेपछि स्थानीय यो खेतीमा आकर्षित भएका थिए । केही वर्ष अगाडि आफूलाई तरकारी खान मात्र प्याज फलाउने गरेका स्थानीयले केही वर्षदेखी प्याज खेतीमा आर्कषीत भएका छन । उत्पादन राम्रो हुने भनेर कृषि ज्ञान केन्द्र बाजुराले स्थानीयलाई प्याज खेतीतर्फ आकर्षित गराए पनि अहिले बजारसम्म पुर्याउन समस्या भएको कृषकहरुले बताएका छन ।उत्पादित प्याज ‘स्थानीय बजारमा खपत हुन गाह्रो भएपछि स्वामिकार्तिक गाउँपालिका र कृषि ज्ञान केन्द्रले ढुवानी गर्ने तयारी गरिरहेको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत रोकायाले बताएका छन । प्याज ढुवानीका लागि बजेट त छैन तर पनि कृषकहरुले उत्पादन गरेको साम्रगी ढुवानी गर्न गाउँपालिका लागिपरेको अध्यक्ष रोकायाले बताए ।
साप्पाटाको बाहुनी, काम्ती र रुढीमा उत्पादन भएको प्याज सदरमुकाम सम्म गाउँपालिकाले ढुवानी अनुदान दिने र त्यपछि धनगडी बजारमा निश्चीत भइसकेपछी कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी गर्ने तयारीमा रहेको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिनप्रसाद जैशीले बताए । उत्पादन भएको प्याज घरमा राख्ने ठाउँ अभाव हुदा कृषि ज्ञान केन्द्रले भण्डारणका लागि सहयोग गरेको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी जैशीले बताए । यो बर्ष मात्र प्याजको पकेट क्षेत्रको रूपमा चिनिँदै आएको वडा नम्बर १ बाहुनीमा ४ सय भन्दा बढि कुइन्टल, रुढी र काम्तीमा २ सय बढि कुईन्टल प्याज उत्पादन भएको स्वामिकार्तिक खापर गाउँपालिका कृषि शाखाको तथ्याङकमा रहेको छ ।
ठूलो परिमाणमा उत्पादित प्याजले बजार पाउन नसक्दा उनीहरूको लागत समेत खेर जाने अवस्थामा भएपछि गाउँपालिकामा रहेको चण्डल बहुउदस्यि कृषि तथा पशुपन्छी र्फमले १ सय कुइन्टल प्याज बिक्रि गर्ने गरी कृषकबाट उठाएको फर्मका संचालक मेघराज शाहीले बताएका छन । ढुवानी बजारीकरणमा गाउँपालिका र कृषि ज्ञान केन्द्रले सहयोग तथा सहजीकरण गरेमा गाउँमा उत्पादीत सबै प्याज आफै लग्ने शाहीले बताए ।कृषकहरुबाट प्रति किलो ४२ रुपियाका दरले संकलन गरेको र ढुवानीमा बढि जाने भएकोले बजार सम्म महगोमा जाने चिन्ता रहेको चण्डल बहुउदस्यि कृषि तथा पशुपन्छी र्फमका संचालक शाहीले बताए । सरकारबाट ढुवानी अनुदान सहयोग भएमा बजारसम्म सस्तो दरमै हुने उनले बताए ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑