
जय बहादुर रावत /बाजुरा: जिल्ला खाध्य अधिकार संजाल बाजुराको संयोजकमा लक्ष्मीराज पाध्याय चयन भएका छन । सदरमुकाम मार्तडीमा संजालको आज पुर्नगठन कार्यक्रमको हलबाटै पाध्याय सर्बसम्वत चयन भएका हुन ।

त्यसै गरी उप संयोजकमा कोपिला सिहं र सचिवमा सन्तोष विक सर्बसम्बत भएका छन । जिल्ला खाध्य अधिकार संजालका निवर्तमान संयोजक मदन जोशीको अध्यक्षतामा संचालन भएको औपचारकी कार्यक्रमका बिज संजालको पुर्नगठन गरिएको हो । कार्यक्रममा हाल सम्म गरेका कार्य सम्पादनहरु र उपलब्धिका बारेमा प्रतिबेदन प्रस्तुत समेत गरिएकाे थियो ।
यस अघि संजालको सचिवका भुमिकामा रहेका पाध्यायलाई हलबाटै संयोजकमा सर्बसम्बत गरेको संजालका सल्लाहकार मदन जैशीले बताए । जिल्ला खाध्य अधिकार संजालमा जिल्लामा रहेका गैर सरकारी संस्थाहरु सदस्यको रुपमा रहेका छन । संजालमा ४२ सदस्य सस्था रहने गरी पुर्नगठीत भएको सल्लाहकार जैशीले बताए ।
लामो समयदेखी खाध्य अधिकारका क्षेत्रमा वकालत पैरवी गर्दै आएका संजालका निबर्तमान संयोजक मदन जोशी सल्लाहकारमा मनोनित गरिएका छन । जिल्ला खाध्य अधिकार संजालले बाजुरामा खाध्य अधिकार र बिकासका सवालमा वकालत गर्दै आएको छ । पुरानो समितिलाई बिगठन गरि नयाँ कार्य समिति गठन गरिएको हो ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर