
बाजुरा : बडीमालिका नगरपालिका वडा न .६ र ४ का ६०० बढी घरपरिवार ४ दिन देखि अध्यारोमा बस्न बाध्य छन् । गत असोज २१ गतेबाट कोर्दालीगाड लघु जलविद्युत परियोजनाले विद्युत सेवा बन्द गरेपछि स्थानीयहरु अध्यारोमा रात बिताउन बाध्य भएका हुन् । सोही वडा कि अन्दाजी ४५ बर्षीया रेवती बडुवालको गत आइतवार कोर्धको भुकुनी लेकमा बाख्रा चराउन गएका बेला कोर्धाली गाड विद्युतको तार नजिकै रहेकाले हातले समातेपछि करेन्ट लागेर मृत्यु भएका थियो ।
बडुवालले विद्युतको तार नजिकै देखेपछि तार हातले समातेपछि करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो । उनको मृत्यु भएपछि बिद्युत सेवा बन्द गरएको हो । अव्यवस्थित तारहरुका कारण करेन्ट लागेको भन्दै स्थानीयले तत्काल व्यवस्थित गर्न माग गरेपछि सेवा बन्द गरिएको थियो । कोर्दालीगाड लघु जलविद्युत परियोजनाबाट विद्युत उपभोग गर्दै आएका स्थानीयले अध्यारोमा रात बिताउदै आएको चार दिन भैसकेको स्थानीयले बताएका छन् ।
कोर्दालीगाड लघु जलविद्युत परियोजना स्थापना भएको करिब १२ वर्ष भैसकेको छ । ५० किलोवाट क्षेमता भएको उक्त जलविद्युत हाल बडीमालिका नगरपालिकाका वडा न ।४ र ६ का गरी करिब ६०० बढी घरपरिवारले उपभोग गर्दै आएका छन् । विद्युत बन्द भएपछि ६०० बढी घरपरिवार अध्यारोमा बस्न बाध्य भएका छन् । बिगत १२ वर्ष यता निरन्तर विद्युत उपभोग गर्दै आएका स्थानीयहरु एक्कासि बिजुलि बन्द भएपछि मारमा परेका छन् । दुई वटा वडा भित्रका सरकारी कार्यालय तथा बिद्यालयमा समेत समस्या भएको छ ।स्थानीयहरुलाई अध्यारोमा बस्नुपर्ने बाध्यता मात्रै छैन विद्यार्थीहरुको पढाई समेत प्रभावित भएको स्थानीयले बताएका छन् । जथाभावी विद्युतको तारहरु अव्यवस्थित भएपछि घटना घटेको स्थानीयको आरोप छ । यदि पहिला नै अव्यवस्थित तारहरुको व्यवस्थापन भएको भए घटना घट्ने थिएन एक स्थानीयले बताएका छन् । अव्यवस्थित तारहरुको व्यवस्थापन नभएसम्म विद्युत सेवा नियमित सञ्चालन नहुने एक श्रोतले बताएको छ । श्रोतका अनुसार व्यवस्थापन यस अघि पनि पटकपटक तारहरुको व्यवस्थापनका लागि अपिल गरेको भएपनि व्यवस्थापन समितिले ध्यान नदिएको बताइएको छ । अवस्थित तारहरुको व्यवस्थापनमा व्यवस्थापन समितिको च्रम लापरबाही रहेको श्रोतको दाबी छ । अव्यवस्थित विद्युतका तारहरुको व्यवस्थापन गरि थप व्यवस्थित ढङ्गले सञ्चालन गर्ने योजना सहित घटना घटेको दिनबाट विद्युत सञ्चालन बन्द गरिएको कोर्दालीगाड लघु जलविद्युत परियोजनाका अध्यक्ष शेर बहादुर दानीले बताएका छन् । यस्तै घटना नदोहोरियोस भन्ने उदेश्यले नै केही दिनलाई विद्युत सेवा बन्द गरिएको उनले बताएका छन् । अव्यवस्थित तारहरुको व्यवस्थापन गर्नका लागि श्रोत व्यवस्थापनका लागि निरन्तर समन्वय र सहकार्य गरिरहेको अध्यक्ष दानीको भनाई छ । उनले भने, केही वर्षातमा पहिरोका कारण पोलहरु हल्लिएर तारहरु लुज भए, त्यसैमा १४ गते गएको भुकम्पले पनि थप क्षती गर्यो अब व्यवस्थित गरेर सञ्चालन गर्ने योजना छ । सेवाग्राहीहरुमा पर्न गएको असुबिधा प्रती क्षमा प्राथी छौँ, अध्यक्ष दानीका अनुसार यहीँ असोज २८ गते छलफलका लागी बैठक समेत बोलाइएको छ । बैठक पश्चात् सबैको सुझाव सल्लाहका आधारमा सञ्चालन गर्ने अध्यक्ष दानीले बताएका छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर