
बाजुराः बुढिगंगा नगरपालिकाले स्याङ्जा जिल्लाको वालिङ नगरपालिकासँग भगीनी सम्बन्ध कायम गरेको छ । आपसी सहयोग, सहकार्य र सिकाइ आदान प्रदानका लागि भगेनी सम्बन्ध कायम गरिएको हो । नगरप्रमुख राम बहादुर बाँनिया स्याङ्जाको वालिङ नगरपालिकाको कार्यालयमै पुगी सो नगरपालिकाका नगरप्रमुख कृष्ण खाँण संग भेटघाट र छलफल पछी यो सम्बन्ध कायम गरिएको नगर प्रमुख बाँनियाले आफ्नो सामाजिक सञ्जाल फेसवुक मार्फत जानकारी गाराएका छन् । दुई नगरपालिका बिच भगिनि सम्बन्ध कायम गरिएको नगर प्रमुख राम बहादुर बाँनियाले बताएका छन् ।
एक आपसमा सहयोग, सहकार्य गरी आगामि दिनमा भाईचाराको सम्बन्ध कायम गरि अगाडि बढ्ने समझदारि समेत भएको नगर प्रमुख बाँनियाको भनाई रहेको छ। एक नगरपालिकाले अर्को नगरपालिकाले गरेका कार्यहरुको सिकाई आदान प्रदान गरी बिकास निर्माणका कामहरु अगाडी बढाउन सकेमा बिकास निर्माणमा समेत टेवा पुग्ने बिश्वास नगर प्रमुख बाँनियाको रहेको छ ।
पछिल्लो समयमा नगरको बिकासमा आफुहरु फरक तरिकाबाट अगाडी बढिरहको बताउदै नगर प्रमुख बाँनियाले बिकासका लागी अन्य निकायसंको आपसी सहयोग, सहकार्य अपरिहार्य रहेको बताएका छन् ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर