• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 31, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

कालापानीका पहिरोपीडित १७ परिवारको बिचल्ली

खप्तड मालिका न्युज July 24, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा= बुढीगंगा नदीको कटानले गर्दा वर्षायाममा पहिरो जान थालेपछि त्रिवेणी नगरपालिका–८ कालापानी बम बाटेगडा टोलका १७ परिवारको बिचल्ली भएको छ।२८ असार २०७७ का राति वर्षासँगै आएको बढी र पहिरोले उक्त टोलका १७ परिवारको घरमाथिबाट पहिरो आयो। बुढीगंगा नदीको बहाव बढ्दै गएपछि तीन वर्षअघि गएको पहिरोले पुरेका घर पन्छाउँदै भाँसिएका घरमा गुजारा गर्दै आएका १७ घरपरिवारको बिचल्ली भएको छ। पानी पर्नेबित्तिकै पहिरोपीडित ज्यान जाने डरमा त्रास रहने गरेको स्थानीय गजेन्द्र बमले बताए। उनका अनुसार उक्त पहिरोपछि वर्षायाममा घर भासिँदै गएको छ। पानी पर्न थालेपछि हातमा टर्चलाइट र छाता ओढेर रात बिताउने गरेको गुनासो गरे।

उनले भने, ‘गाउँमा बालबालिका वृद्धवृद्धा अपांग, अशक्त गर्भवती महिलाहरू हुन्छन्। ती सुतेको समयमा कति वेला पहिरो आउने हो भन्ने डरले म रातभरि घरबाहिर बस्ने गरेको छु। हामी २०७७ सालदेखि पहिरोको उच्च जोखिममा बसिरहेका छौँ। स्थानीय, प्रदेश र संघीय सरकारले वास्ता गरेको छैन।’२०७७ सालमा पहिरो जाँदा तत्काल प्रमुख जिल्ला अधिकारीलगायतको टोली स्थलगत अनुगमन गरेर केही क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको थियो। तर, अहिलेसम्म न पहिरोपीडितले क्षतिपूर्ति पाए न सुरक्षित बस्ताी निस्थान्तरण नै। अर्का पहिरोपीडित पवित्रा बम शाहीले पहिरो जाने डरले पानी परेको वेला घर छोडेर अन्यत्र जानुपर्ने बाध्यता रहेको बताइन्। ‘अहिले त्यहीँ पहिरोमुनिको घरमा बस्ने गरेका छौँ। धेरै पानी परेको दिन राति बास खोज्दै अयन्त्र जानुपर्छ। सुरक्षित ठाउँमा जान हामीहरूसँग जग्गा छैन। सरकारले हेर्दैन,’ उनले भनिन्।

यो बस्ती विगत केही वर्षदेखि पहिरोको उच्च जोखिममा रहेको वडाध्यक्ष गगनजंग बुढाले बताए। उनका अनुसार कालापानीको बमबाडादेखि पन्ताली गाउँतलको भागमा बसोवास गर्ने स्थानीय पहिरोको उच्च जोखिममा छन्। उक्त वडामा कुल पाँच सय ५३ घरधुरी छन्। जसमध्ये दुई सय परिवार पहिरोको जोखिममा छन् भने १७ परिवार पूर्ण जोखिम छन्। वडा कार्यालयका अनुसार पूर्ण जोखिममा रहेका १७ घरपरिवारमा ३२ जना १५ वर्षमुनिका बालबालिका छन्। गर्भवती तीनजना र ७० वर्षमाथिका चारजना वृद्ववृद्धा रहेका छन्।

यता त्रिवेणी नगरपालिका नगरप्रमुख कर्णबहादुर थापाले पनि उक्त १७ घरपरिवार पहिरोको उच्च जोखिममा रहेको खबर पाएपछि बस्तीको स्थलगत अनुगमन गरेको बताएका छन । उनका अनुसार जोखिममा रहेका परिवारलाई राहत उपलब्ध गराउने विषय नगर कार्यपालिकाबाट निर्णय भइसकेको पनि छ। तर, पीडितले भने अहिलेसम्म राहत भने पाएका छैनन्। उनले १७ परिवारलाईसुरक्षित बस्ती स्थान्तरणका लागि प्रदेश र संघसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑