
बाजुरा :- जिल्लाको हिमाली गाउँपालिकाको धुलाचौर बजारमा बिजुली बत्तीको तार जडान गरीएको छ ।कवाडी जलविद्युत आयोजना निर्माण योजना समिति अध्यक्ष बम बहादुर मल्लले भनाइ अनुसार अबको केही दिनमा विद्युत सञ्चालन गरिने भएको बताएका छन। धुलाचौर बजारमा बिजुली बत्ती मेन लाइन जडान गरी २५ ठाउँमा कालो तार जोडिएको विद्युत उपभोक्ता समिति अध्यक्ष मल्लले बताएका छन।
धुलाचौर रहेको धुलाचौर स्थायी प्रहरी चौकीमा बत्ती जडान गरि चेकजाँच गर्दा बत्ति राम्रै भएको स्रोतले बताए छ। जतिसक्दो सबै धुलाचौर बजारमा बत्ती उज्यालो गर्ने तरिकाले कालो तार जडान कार्य तिव्र भैरहेको उनको भनाइ रहेको छ। जहाँ सम्म मेन लाइन बाट कालो तार जडान गरिएको ठाउँमा बत्ति उज्यालो हुने हिसाबले बत्तीको लाइन जोडिएको बत्ती उपभोक्ता समिति अध्यक्ष बम बहादुर मल्लले बताएका छन।
बजारमा जतिको कालो तार जडान गरिएको ठाउँमा बत्तीको उज्यालो हुने गरी लाइन जडान गरिएको छ। फैती र बोर्ता गाउँमा विद्युत जडान गरि उज्यालो बस्ती भैसकेको छ। अझै केहि समय पछि धुलाचौर बजारमा उज्यालो बजार बनाउन प्रयासमा निरन्तर बत्तीको काम भएको छ। बत्तीको समान ढुवानी समस्या हुँदा ढिला भएको हो। अबको एक हप्ता सम्म धुलाचौर बजार उज्यालो बनाउने तरिकाले विद्युत मुख्य लाइन सहित कालो तारको जडान कार्यमा लागिपरेका विद्युत उपभोक्ता समिति अध्यक्ष मल्लले बताएका छन।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर