
बाजुरा= त्रिवेणी नगरपालिका वडा ८को कालापानी देखि पन्ताली सम्मका केही बस्ती पहिरोको उच्च जोखिममा रहेका छन्।बुढीगंगा नदिमा पानीको वाहक बढ्दै जादा नदिले कालापानी देखि पन्तालीको तलबाट नदिले कटान गर्दै गएपछि त्यस ठाउँमा बसोबास गर्ने २ सय भन्दा बढीपरिवारहरू पहिरोको उच्च जोखिममा परेका छन्।यो बस्ती विगत केहि वर्ष देखि पहिरोको उच्च जोखिममा पर्दै गएको वडा नं.८ अध्यक्ष गगनजंग बुढाले बताए । उनले भन्ने कालापानीको बम बाडा देखि पन्तालीको तलको भागमा बसोबास गर्ने स्थानीय बासिहरू पहिरोको उच्च जोखिममा रहेका बताए ।यता पहिरोको उच्च जोखिममा रहेको गजेन्द्र बमले भने विगत वर्ष देखि आफुहरू जस्तै धेरै परिवारलाई घरको तलबाट बुढीगंगा नदिको कटानले गर्दा पुरै घर भासिएका छन्। घर भासिएपछि वर्षातको समयमा घर छोडेर अन्यत्र जानु पर्ने अवस्था हुन्छ। बालबालिका बुढाबुढी गर्भवती महिलाहरूलाइ झन समस्य हुने गरेको बमले बताए । पहिरोको उच्च जोखिमले गर्दा समस्या भई रहदा सरोकारवालाहरू मौन रहेको उनको भनाइ रहेको छ। नगरपालिका भित्र उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण गर्न आफु लागी परेको र कालापानी देखि पन्ताली सम्मका बस्तीबासीहरुलाई चाँडै बस्ती स्थानान्तरण गरीने नगरप्रमुख कर्णबहादुर थापाले बताएका छन । उक्त ठाँउमा पहिरोको रोकथाम तथा नियन्त्रणको लागी आबश्यक पहल तथा समन्वय भइरहेको थापाले बताएका छन ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर