
काठमाडौं-, श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा पाकिस्तान ए लाई नेपालले १ सय ८० रनको लक्ष्य दिएको छ । कोलम्बो क्रिकेट क्लबको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ३७ ओभरमा अलआउट हुँदै १ सय ७९ रन मात्र बनायो ।
नेपालका लागि सोमपाल कामीले १ सय १ बलमा ९ चौका र २ छक्काको सहयोगमा ७५ रनको अर्धशतकीय ईनिङ खेले । नवौं विकेटका लागि सोमपालले प्रतिश जिसीसँग मिलेर ७० बलमा ५८ रन बनाए । यो साझेदारीले नेपाललाई लज्जास्पद योगफल बन्नबाट जोगाए । प्रतिशले २४ बलमा १ चौका र २ छक्काको सहयोगमा २६ रन बनाए ।
१५ दशमलब ४ ओभरमा ७२ रनमा ८ विकेट गुमाएको नेपालका लागि सोमपाल र प्रतिशको साझेदारीबाट टोली लज्जास्पद सुम्मानजनक योगफलसम्म पुग्यो । १० औं विकेटका लागि सोमपाल र ललितनारायण राजवंशीले ५८ बलमा ४९ रनको महत्वपुर्ण साझेदारी गरे । राजवंशी १ रनमा अविजित रहे । अर्जुन साउद तथा कुशल मल्लले समान १७र१७ रन बनाए । गुलसन झाले १९ बलमा १ चौकाको सहयोगमा १३ रन बनाए ।
ओपनर आसिफ शेख १२ रन बनाए । अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पाकिस्तान ए का लागि शाहनवाज दहानीले ५ तथा मोहम्मद वासिम जुनियरले ४ विकेट लिए । मुबासिर खानले १ विकेट लिए । पाकिस्तान राष्ट्रिय टोलीबाट खेलिसकेका मोहम्मद हरिसको कप्तानीमा पाकिस्तान ए टोली रहेको छ । टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका मोहम्मद वासिम जुनियर तथा शाहनवाज दाहानी समेत रहेका छन् ।
नेपाल भने साविक कप्तान रोहित पौडेलको कप्तानीमा मैदान उत्रदै छ । गत मेमा नेपालमा भएको एसीसी प्रिमियर कपको विजेता बन्दै नेपाल इमर्जिङ कपका लागि छानिएको हो । टेस्ट राष्ट्र पाकिस्तान स्वतः छनोट भएको हो । जितका साथ प्रतियोगिता सुरुआत गर्ने लक्ष्यमा रहेको नेपाल र पाकिस्तान ए रहेका छन् ।
नेपालले दोस्रो खेलमा सोमबार भारत ए सँग खेल्नेछ । भारतसँगको खेल डे नाईट खेल हुनेछ । नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार युएई ए सँग खेल्नेछ । यस प्रतियोगितामा ६ टोली सहभागीता रहेको छ । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शिर्ष दुई टोली सेमिफाइनलका लागि छानिने छन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ । सेमिफाइनलका दुई विजेता उपाधीका लागि भिड्ने छन् । फाइनल खेल २३ जुलाईमा रहेको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर