
काठमान्डाै –भारतका एक व्यापारीको ५ करोड मूल्य बराबरको सामान चोरेर नेपाली सुरक्षाकर्मी फरार भएका छन् । भारतको सेकुन्देराबादस्थित रामगोपालपेटका बासिन्दा राहुल गोयलले कमल नामका नेपालीलाई सुरक्षाकर्मीको रूपमा आफ्नो घरमा काम दिएका थिए । कमल र उनको पूरा परिवार राहुलको बङ्गलामै रहेको सर्भेन्ट क्वार्टरमा बस्थे ।

आइतबार बिहान राहुल र उनका परिवार एउटा पारिवारिक कार्यक्रमका लागि सहर बाहिरको उनीहरूको फार्म हाउसमा गएका थिए । यो परिवार बुधवार बेलुका मात्रै घर फर्कियो । घर आउँदा उनीहरुले सुरक्षाकर्मी र उनको परिवार कसैलाई पनि देखेनन् ।
‘राहुल घरभित्र जाँदा बेडरुमको कपबोर्ड भित्रका सामान चोरी भएको पाए । उनको दाबी अनुसार ४९ लाख नगद, चार केजी सुन, १० केजी चाँदी चोरी भएको छ । मुख्य सन्दिग्ध ती सुरक्षाकर्मी र उनको परिवार हो,’ स्टेसन आवर अफिसर जी लिङ्गेश्वर रावले भने ।
प्रहरीले कमल र उनको परिवारलाई पक्राउ गर्न विशेष दल गठन गरेको छ । ‘घटनामा कमल नै संलग्न हुन् वा अरू व्यक्ति भनेर पनि अनुसन्धान भइरहेको छ । त्यसैले हामीले उनीहरूको खोजी कार्य सुरु गरेका छौँ,’ प्रहरी अधिकारी रावले भने । प्रहरीका अनुसार कमलका केही आफन्तलाई मुम्बईमा पक्राउ गरिएको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर