• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 06, Mar, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

जनगणनामा त्रुटि भएको पुष्टि, थपिए ७ लाख ७१ हजार ९९८

खप्तड मालिका न्युज July 12, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं — राष्ट्रिय जनगणना २०७८ का दौरान ७ लाख ७१ हजार ९९८ जना व्यक्तिको गणना छुटेको पुष्टि भएको छ । यसअघि जनगणनाको नतिजाले नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ जना देखाएको थियो । राष्ट्रिय जनगणनामा केही त्रुटि भएको छ कि भनेर यसको प्रभावकारिता पत्ता लगाउन गरिने ‘गणना जाँच सर्वेक्षण पीईएसले यस्तो देखाएको हो ।
राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार जनगणनाको प्रभावकारिता जाँच गर्न यस्तोे सर्वेक्षण हुने गरेको छ । सर्वेक्षणबाट पत्ता लागेका जनगणनामा छुट मानिसहरु समेत जोड्दा नेपालको वास्तविक जनसंख्या २ करोड ९९ लाख ३६ हजार ५७६ पुगेको छ ।यो सर्वेक्षणको नतिजापछि जनसंख्या २ करोड ९९ लाख पुगेको छ भन्ने मिल्ने भयो’, निर्देशक लामिछानेले  बताए। तर नेपालको जनसंख्याको आधिकारिक तथ्यांकहरुमा भने यसअघि सार्वजनिक भएको २ करोड ९१ लाख ६४ हजार ५७८ नै प्रयोग हुने लामिछानेले बताए ।
यो जनगणनामा कुल २ दशमलव ७३ प्रतिशत त्रुटि देखिएको छ । जसमध्ये छुटपुट २.५८ प्रतिशत छ र दोहोरो गणना ०.१५ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ । यस हिसाबले गणना छुट भएको जनसंख्या२ दशमलव ५८ देखिएको र त्यसलाई प्राविधिक रुपमा ठूलो अंश भने नमानिने उनले बताए ।
त्रिभुवन विश्वविद्यालयले गर्‍यो जाँच सर्वेक्षण
कार्यालयले २०७८ साल भन्दा अगाडि आफैंले जनगणनाको जाँच सर्वेक्षण गर्दै आएको थियो । सैद्धान्तिक अवधारणा र संयुक्त राष्ट्रसंघको सुझाव अनुसार यस्तो सर्वेक्षण स्वतन्त्र र सो क्षेत्रमा दक्षता प्राप्त निकायबाट गराउनु पर्छ । सोहीकारण २०७८ सालको पूर्णता र शुद्धता मापन गर्न कार्यालयले श्रम अध्ययन कार्यक्रम, त्रिभुवन विश्वविद्यालयलाई यसको जिम्मेवारी दिएको थियो । सोही अनुसार विश्वविद्यालयले जनगणनामा ७ लाख ७१ हजार जना व्यक्तिको जनगणनामा छुट भएको निष्कर्ष निकालेको हो ।
निर्देशक लामिछानेका अनुसार यस्तो सर्वेक्षणले जनगणनामा गणना हुनुपर्ने व्यक्ति छुटेको, दोहोरिएको वा गलत गणना भएको विवरण पत्ता लगाउने उद्देश्य राखेको हुन्छ । जनगणनाको काम २५ कात्तिकदेखि ९ मंसिर २०७८ सालमा भएको थियो । नतिजा जाँच सर्वेक्षणको काम भने २०७८ सालको माघ महिनाको अन्तिम साताबाट सुरु गरी २०७९ साल जेठ मसान्त भित्र सम्पन्न गरिएको थियो । स्थलगत रुपमा भने २०७८ साल चैत १ गतेदेखि १५ गतेसम्म टोली खटिएका थिए ।
कुन विधिबाट पुगियो निष्कर्षमा
जनगणना जाँच सर्वेक्षण २०७८ नाम दिइएको यो सर्वेक्षणले स्थलगत गणना कार्यको विधि र प्रक्रिया मुल जनगणनाकै अपनाएको बताइएको छ । यसका लागि देशैभर भने गणक पुगेनन् । बरु नमुनाका रुपमा गणना क्षेत्र छनोट गरियो । ती क्षेत्रमा भने जनगणनामा जस्तै पूर्ण गणना गरिएको थियो ।
सर्वेक्षण प्रतिवेदन अनुसार जनगणना २०७८ का गणना क्षेत्रलाई प्राथमिक छनोट एकाई मानेर नमुना गणना क्षेत्र छानिएको थियो । सो अनुसार देशलाई ८ बृहत्तर क्षेत्रमा विभाजन गरिएको थियो । ती ८ क्षेत्रबाट शहरी र ग्रामीण भेगको समुचित प्रतिनिधित्व हुने गरी १०÷१० गणना क्षेत्र नमुनाका रुपमा छानिएको थियो । यस अनुसार ८० गणना क्षेत्र छानिए । नमुना क्षेत्रमध्ये शहरी क्षेत्रबाट ५० र ग्रामीण क्षेत्रबाट ३० क्षेत्र छानिएका थिए । हिमाल, पहाड र तराई सबै क्षेत्रलाई नमुनामा समेटिएको प्रतिवेदनले देखाएको छ ।प्रतिवेदन अनुसार गणना जाँच सर्वेक्षणमा मुल जनगणनामा प्रयोग भएको प्रश्नावलीको छोटकरी रुप तयार गरी सोधिएको थियो । यसरी आएको निष्कर्षका आधारमा देशभर छुटेको जनसंख्याको नतिजा निकालिएको सर्वेक्षण नतिजा प्रतिवेदनमा उल्लेख छ ।
शहरका धेरै
सर्वेक्षणको नतिजाले शहरी इलाकामा बढी मानिस जनगणनामा छुटेको पाइएको छ । ७ लाख ७१ हजार ९९८ जनामध्ये शहरमा ५ लाख ८५ हजार ७८२ र ग्रामिण क्षेत्रमा १ लाख ८६ हजार २१६ जना व्यक्ति जनगणनामा छुटेका छन् । यसमा जनगणनाको बेला र सर्वेक्षणका बेला पनि सोही स्थानमा अक्सर बसोबास गरेका घरपरिवार र उनीहरुको सदस्यलाई मात्र समेटेको थियो ।सर्वेक्षणअनुसार राष्ट्रिय स्तरमा ९६.२ प्रतिशत जनसंख्याको गणना जाँच सर्वेक्षण र मुल गणना दुबैमा हुबहु मिलेको छ । दुबैमा गणना भएकाको हुबहु मिलान दर सहरी क्षेत्रमा केही कमी देखिएको छ । राष्ट्रिय स्तरमा २.०९ प्रतिशत जनसंख्या जाँच सर्वेक्षणमा गणना भएको र मुल गणनामा छुटेको देखिएको छ । यो दर शहरी इलाकामा २.४४ प्रतिशत देखिएको छ ।
छुट्नेमा काठमाडौं उपत्यकाका धेरै
८ क्षेत्र अनुसारको वर्गिकरणमा भने काठमाडौं उपत्यकामा धेरै जना छुट भएको पाइएको छ । काठमाडौंमा ४.४२ प्रतिशतको गणना छुटेको हो ।त्यसपछि लुम्बिनी प्रदेशमा २.९९ प्रतिशतको गणना छुटेको पाइएको छ ।उमेर अनुसार हेर्दा ८० वर्ष वा सो भन्दा पाको उमेरका व्यक्तिको सबैभन्दा धेरै ४.१ प्रतिशतले छुट भएको छ । २० देखि २४ वर्षको ३.९ प्रतिशत, २५ देखि २९ वर्षको ३.८ प्रतिशत छुट भएको हो । छुटमध्ये महिलाको दर २.३ प्रतिशत र पुरुषको २.९ प्रतिशत देखिएको छ । साक्षर २.९ प्रतिशत र निरक्षर २.६ प्रतिशत छुटेको पाइएको हो । यसबाट गनगणनामा निरक्षरभन्दा साक्षर धेरै छुटको पाइएको छ । विवाहित २.१ प्रतिशत जनसंख्या छुट्दा अविवाहितको संख्या ३ प्रतिशतले छुटेको छ ।

सम्बन्धित पोस्ट
  • प्रतिनिधिसभा निर्वाचन: बाजुरामा गिरीकाे अग्रता कायमै
  • सुदूरपश्चिमका चार क्षेत्रमा गणना जारी, दुई क्षेत्रमा रास्वपाको अग्रता
  • बाजुरामा मतगणना सुरु
  • बाजुरामा स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्नः ४६ हजार बढि मत खसे
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    प्रतिनिधिसभा निर्वाचन: बाजुरामा गिरीकाे अग्रता कायमै

    सुदूरपश्चिमका चार क्षेत्रमा गणना जारी, दुई क्षेत्रमा रास्वपाको अग्रता

    बाजुरामा मतगणना सुरु

    समाचार

    प्रतिनिधिसभा निर्वाचन: बाजुरामा गिरीकाे अग्रता कायमै

    सुदूरपश्चिमका चार क्षेत्रमा गणना जारी, दुई क्षेत्रमा रास्वपाको अग्रता

    बाजुरामा मतगणना सुरु

    बाजुरामा स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्नः ४६ हजार बढि मत खसे

    बाजुरामा निर्वाचनकाे सम्पूर्ण तयारी पूरा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑