
काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग गर्दै राष्ट्रिय सभा बैठक अवरोध गरेको छ । प्रधानमन्त्री दाहालले केही दिनअघि दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रिय सभा बैठक अवरोध गरेको हो ।

प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक भारत गएको भन्ने अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाभिमान र राष्ट्रिय स्वाधीनतामा आँच पुगेको एमाले सांसद भैरव सुन्दर श्रेष्ठले बताए । उनले प्रधानमन्त्रीले राजीनामा नदिए सम्म संसद् चल्न नदिने भन्दै बैठक अवरोध गर्ने जानकारी राष्ट्रिय सभा अध्यक्षलाई दिए ।
उनले भने, ‘यो खालको आचरण गर्ने व्यक्ति प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन । नैतिकताको आधारमा उहाँले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ भन्ने नेकपा एमालेको संसदीय दलको धारणा हिजो हामीले सार्वजनिक गरिसकेका छौँ । आज पनि कुनै रहरले सदन बन्द गर्न गइरहेका छैनौँ । हामी बाध्य छौँ । देशको सार्वभौमिकता, देशको स्वाधीनता र स्वाधीन राष्ट्रलाई आँच आउने गरी यस्तो कुनै व्यक्तिबाट कुरा आउँछ भने त्यो नेकपा एमालेको निम्ति सह्य हुँदैन । आम नागरिकको लागि सह्य हुँदैन ।
हाम्रो देशको प्रधानमन्त्री कुन देशबाट निर्देशित हुनुहुन्छ कसबाट परिचालित हुनुहुन्छ को बाट निर्देशित भएर चल्नुभएको छ यो दुःखको कुरा हो । यो सदनको कामलाई अगाडी नबढाइयोस् ।’ राष्ट्रिय सभा बैठक असार २२ गते शुक्रवार अपराह्न १२ः२९ मा बस्ने गरी बोलाइएको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर