
बुटवल- अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ गोवनपानीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ ।
गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको वडाअध्यक्ष कमल प्रसाद पोखरेलले जानकारी दिए । आज बिहान करिब ८ बजेतिर आएको पहिरोले घर पुरेको थियो । घटनास्थलमा प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।
पहिरोले घरको कुनापट्टिको आधा भाग भत्किएको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी खिदिम अर्घाखाँचीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जनाको टोली खटिएको थियो ।
प्रहरीले १४ वर्षीय सचिन रास्कोटीलाई सकुशल उद्धार गरेको थियो । उनको मुख र आँखामा सामान्य चोट लागेको छ । अन्यलाई अचेत अवस्थामा बाहिर निकालिएको थियो । घटनास्थल प्रहरी चौकी खिदिमबाट ११ किलोमिटर पूर्वमा पर्दछ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर