
बाजुरा– २०औँ राष्ट्रिय धान दिवस बाजुरामा पनि मनाइएको छ । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव बाजुरामा पनि मनाइएको हो । असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै महोत्सवसको रुपमा धान रोप्ने चलन रहेको छ । कृषि ज्ञान केन्द्र बाजुराको आयोजनामा संचालन भएको दिवसमा बडिमालिका नगरपालिका, गिफ्ट बाजुरा र मर्सि करप्स को समन्वय तथा सहकार्यमा धान दिवस मनाएको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिन प्रसाद जैशिले बताएका छन ।


कृषि ज्ञान केन्द्र बाजुराको प्रांगणमा कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरी प्रशाद पनेरुको अध्यक्षतामा र जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाको प्रमुख आथित्यमा एक औँपचारीक रुपमा कार्यक्रम सचालन भएर बजारीभरी र्याली सहित संयुक्त रुपमा टोली गडखेतमा प्रस्थान गरेर असारे मासको धपधपे हिलोमा खेत जोत्दै धान रोप्दै राष्टिय धान दिवस मनाइएको छ ।

जलवायु परिवर्तनका कारण धानखेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिको प्रचार–प्रसार गरी अवलम्बन गर्न यस्ता दिवस र महोत्सवले कृषि प्रणलीमा सहायक सिद्ध हुने कृषि ज्ञान केन्द्रको विश्वास रहेको छ । नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको थियो ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर