• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 30, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

किसानको बारीमा संयुक्त अनुगमन टोली

खप्तड मालिका न्युज June 26, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

कमला रावल / बाजुराः– जिल्लाको बडीमालिका नगरपालिका–७ ढम्कने र बुढीनन्दा नगरपालिकाका–९ र १० वडाको पाण्डुसैनमा रहेका तरकारी र स्याउ खेती गरी रहेका किसानको बारीमा संयुक्त अनुगमन टोली द्धारा अनुगमन गरिएको छ ।कृषि ज्ञान केन्द्रलेको आर्थिक तथा प्राविधिक सहयोगमा पकेट क्षेत्रका रुपमा बनाइएका क्षेत्रको अवस्था र कृषकले उत्पादन गरेको तरकारी र स्याउ खेतीको शनिबार जिल्लाको एक टोलीले संयुक्त रुपमा अनुगमन गरेको हो । पछिल्लो समय बाजुराका किसानको व्यावसायिक कृषिमा आकर्षण बढेको छ । बडीमालिका–७ ढम्कनेमा रहेको आलु पकेट क्षेत्र र बुढीनन्दा १०मा स्याउ र वडा नम्बर ९ मा सामुहिक महिलाले खेती गर्दै आएको तरकारी खेतीको अवस्थाको अनुगमन गरिएको कृषि ज्ञान केन्द्र बाजुरामा कार्यालय प्रमुख हरि पनेरुले बताएका छन् ।

No description available.

तीनै तहको सरकारबाट कृषिमा लाग्नका लागि विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन भएपछि किसानमा यसप्रति आकर्षण बढेको हो । व्यावसायिक कृषिमा लागेर उनीहरूले मनग्य आम्दानी समेत गर्दै आएका छन् । पराम्परागतरूपमा खेती गरिरहेका उनीहरू अनुदानसँगै प्रबिधी, प्राविधिक तथा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेपछि व्यावसायिक खेतीमा जुटेका हुन् ।

No description available.
बाजुराका सुहाउदो माटो अनुसार आलु खेती स्याउ खेती तरकारी खेती र अन्य कृषि खेतमा बाजुराका किसानको आकर्षण बढ्दै गएको छ । अधिकांस विदेश गएर फर्किएका युवा तथा स्वदेशमा रहेका महिलाहरू पनि अहिले कृषितर्फ लाग्न थालेका छन् ।अहिले कृषिक्षेत्र युवाहरूको आकर्षणको क्षेत्र समेत बन्न थालेको छ । युवाहरूको समूह बनाएर सामूहिक तरकारी खेतीमा छन् । बडिमालिका नगरपालिकाको ढम्कनेमा रहेको आलुलाइ ब्राण्डिङ्ग समेत गर्ने लक्ष रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

No description available.
सरकारको विभिन्न निकायले प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेसँगै कृषि प्रति मोह बढेको बुढिनन्दा नगरपालिका १० कि किसान जानु रोकायाले बताइन । वडा कार्यालयले दिने प्रोत्साहनमूलक कार्यक्रमसँगै कृषि ज्ञान केन्द्र बाजुराले नया प्रबिधि तथा प्राविधिक सहयोगले नयाँ तरिकाबाट खेती विस्तारमा थप टेवा पुगेको उनको भनाइ छ । “ कृषि ज्ञान केन्द्र र लिर्वडको सहयोगले व्यावसायिक तरकारी खेतीमा लाग्न सहयोग पुगेको छ”, बुढिनन्दा नगरपालिका १० कि कृषक ईस्वरी रोकायाले बताइन, “तरकारीसँगै नगदेबाली उत्पादन गरेर राम्रो आम्दानी गरिरहेकी छु । उत्पादन भएको तरकारी स्थानीय बजारमा जाने गरेको उनले भनिन् ।”

No description available.
कृषि ज्ञान केन्द्र बाजुराले प्राविधिक सहयोगसँगै माटो परीक्षण गरिदिएपछि खेती गर्न थप सहज भएको किसानहरुको भनाइ छ । आधुनिक प्रविधि अनुसार खेती गर्दा राम्रो उत्पादन हुने किसान बडिमालिका नगरपालिका ७ ढम्कनेका राम बहादुर धामीले बताए ।
“खेती गर्छु भनेर मात्र पनि हुन्नरहेछ”, उनले भने, “कृषि सम्बन्धी ज्ञान भएमा तरकारी खेतीबाट राम्रो आम्दानी लिन सकिने धामीको भनाई रहेको छ । रोग कीराका विषयमा आफूलाई जानकारी भयो भने धेरै सहज हुने रहेछ ।” उनको भनाइ रहेको छ ।

No description available.
कृषि ज्ञान केन्द्र बाजुरा, स्थानिय तह र स्थानिय तहका कृषि शाखाबाट व्यावसायिक रूपमा खेतीमा जुटेका किसानको पहिचान गरेर उनीहरूको व्यावसायिक योजनाको आधारमा अनुदान सहयोग गर्दै आएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरी प्रशाद पनेरुले बताए ।
भौगोलिक रूपमा उर्वरभूमि रहेकाले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिनप्रशाद जोशीले बताए । व्यावसायिक खेतीका लागि माटोको परीक्षण लगायत कृषकहरुलाई अनुदान प्रबिधीहरु र माटो सुहाँउदो बाली लगाउन प्रोत्साहन गरिने गरेको सुचना अधिकारी जोशीको भनाइ छ ।

No description available.
बाजुरा जिल्लामा पछिल्लो समय पुरानो रैथाने बाली संगै नयाँ उत्पादनलाई समेत प्राथमिकतामा राखेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । आलु उत्पादन देखी तरकारी र फलफुलका पकेट क्षेत्र बनाएर काम गर्दा पहिले किसानहरु नलाग्ने भए पनि पछिल्लो समय किसानहरु आर्कषित हुदै गएका छन कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरी प्रशाद पनेरुले बताए ।
जिल्लामा अहिले पुरान रैथाने जातका तरकारीलाई समेत प्राथमिकताकताका आधारमा कृषि प्रबद्धन गर्दै नयाँ प्रजातीका फलफुल समेतलाई जिल्लामा ल्याएर परिक्षणको रुपमा रहेको पनेरुले बताए । जिल्लाका बिभिन्न ठाउँमा ड्रागन खेतीको समेत सुरुवात गरिसकेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
जिल्लाका केही नमुना कृषि कार्यलाइ जिल्ला स्थरिय टोलीले अनुगमन समेत गरेको छ । जसमा बडीमालिका नगरपालिका–७ ढम्कने र बुढीनन्दा नगरपालिकाका–९ र १० वडाको पाण्डुसैनमा रहेका तरकारी र स्याउ खेतीको संयुक्त रुपमा अनुगमन गरिएको छ । कृषि ज्ञान केन्द्रलेको आर्थिक तथा प्राविधिक सहयोगमा पकेट क्षेत्रका रुपमा बनाइएका क्षेत्रको अवस्था र कृषकले उत्पादन गरेको तरकारी र स्याउ खेतीको संयुक्त रुपमा अनुगमन गरेको हो ।

No description available.

बडीमालिका–७ ढम्कनेमा रहेको आलु पकेट क्षेत्र र बुढीनन्दा १० मा स्याउ र वडा नम्बर ९ मा सामुहिक महिलाले खेती गर्दै आएको तरकारी खेतीको अवस्थाको अनुगमन गरिएको कृषि ज्ञान केन्द्र बाजुरामा कार्यालय प्रमुख हरि प्रशाद पनेरुले बताएका छन् । उनका अनुसार ढम्कनेमा विभिन्न प्रजातीका आलु लगाएर कृषकलाई आलुमा आत्मनिर्भर बनाउनेका लागि ज्ञान केन्द्र र लिवर्डको सहयोगमा पकेट क्षेत्र बनाएर खेती सुचारु गरिएको बताए ।
बुढीनन्दा नगरपालिका–९ डिम्बरपानी गाउँमा जन विकास कृषक महिला समुहले व्यवसाय गर्दै आएको तरकारी खेती र वडा नम्बर १० मा उन्नत जातको स्याउ खेतीको ज्ञान केन्द्रले सहयोग गरेको ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले जानकारी दिएका छन् ।

No description available.
तरकारी र स्याउ खेतीको अनुगममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया,प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का, सहायक प्रमुख जिल्ला अधिकारी राम कुमार तिमल्सेना,सरकारी कार्यालयका प्रमुख नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्ल लगायत अनुगमनमा सहभागी रहेका थिए ।

सम्बन्धित पोस्ट
  • बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे
  • बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे
  • तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’
  • बाजुरामा हावाहुरी,चट्याङ,र पहिराेबाट पशुचाैपाया र घरमा क्षती
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    समाचार

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    बाजुरामा हावाहुरी,चट्याङ,र पहिराेबाट पशुचाैपाया र घरमा क्षती

    आज देशका केही भूभागमा भारी वर्षा र हावाहुरीको सम्भावना

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑