
बाजुरा :- जिल्लाको बडीमालिका नगरपालिकामा सोमबार विपद प्रतिकार्य सम्बन्धी अभ्यासको अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ ।
नगरपालिकाको समन्वय तथा आईएनएफ नेपाल हरियो खर्क अस्पताल पोखराको आयोजनामा विपद प्रतिकार्य अभ्यास कार्यक्रम संञ्चालन गरिएको हो ।
विपद व्यवस्थापन तथा न्यूनिकरणका साथै विपद प्रतिकार्यमा स्थानीय सरकार, पालिका स्तरको विपद व्यवस्थापन समिति र समुदाय स्तरमा रहेको विपद दुर्तप्रतिकार्य समितिको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको आइएनएफ नेपाल बाजुराका परियोजना संयोजक खेमराज मिश्रले बताएका छन ।
विपद अभ्यास कार्यक्रम लाई सम्बोधन गर्दै बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले आईएनएफ नेपाल बाजुराले पालिकामा जलबायू अनुकूलन विपद ब्यवस्थापन लगायतका थुप्रै बिषयमा काम गरिरहेकोमा संस्था लाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य गरेर अगाडी बढ्नुपर्नेमा जोड दिएका छन ।

कार्यक्रममा विपद आउनु पूर्व अवस्थाको तयारी विपद भई सकेपछि गरिनु पर्ने दुर्त प्रतिकार्यका विषय, हाल पालिकामा उच्च विपद जोखिममा रहेका वस्तीहरुको पहिचान , उक्त वस्तीहरुलाई स्थानान्तरण गरिनु पर्ने ठाँउका बारेमा र स्थानीय स्तरमा विपद स्वयम सेवकले खेल्नु पर्ने भुमिकाका विषयमा छलफल तथा जानकारी गराईएको थियो ।
बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काको अध्यक्षतामा संञ्चालन भएको कार्यक्रममा नगरपालिका उप प्रमुख नन्दा थापा, ९वटै वडाका वडा अध्यक्षहरु ओपी संयोजक ताराहाङ तावा, आई एन् एफ। नेपाल बाजुरा परियोजना अधिकृत खेमराज मिश्र पत्रकार अतिथी रहेका थिए ।
कार्यक्रमको संञ्चालन दिगो जिवीकोपार्जनका लागि जलवायू परिवर्तन अनुकूलन परियोजना अधिकृत राजेश राईले संचालन गरेका थिए । भने कार्यक्रममा जनप्रतिनिधी,स्थानीय विपद व्यवस्थापन समिति,समुदाय स्तरको दुर्तप्रतिकार्य समिति, विभिन्न शाखाका शाखा प्रमुख, प्रत्येक वडाबाट विपद स्वयमसेवक, पत्रकार लगायतको सहभागी थिए ।
त्यस्तै आइएनएफ नेपालले नगरपालिकालाइ विपद् पूर्व तयारी सामान वितरण गरिएको छ । आई। एन। एफ। नेपाल हरियो खर्क पोखराद्धारा संञ्चालित सामुदायिक चिकित्सा परियोजना अन्तर्गत विपद् पूर्व तयारी सामाग्रीहरु वितरण गरिएको आइएनएफ नेपालले जनाएको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर