• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 25, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

बडीमालिकाको १३ औँ नगरसभा सम्पन्न, बजेट ४७ करोड ३६ लाख,

खप्तड मालिका न्युज June 26, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

असार १० /बाजुरा- बडीमालिका नगरपालिकाको १३ औँ नगरसभा अधिबेशव सम्पन्न भएको छ । नगरपालिकाले निति तथा कार्यक्रम पस्तुत गर्नुका साथै बजेट पनि प्रस्तुत गरेको हो । नगरप्रमुख अमर खड्काले आगामीस् आर्थिक बर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्नााुभएको थियो भने उपप्रमुख थापाले बजेट प्रस्तुत गरेकी हुन् । नगरसभा ले आगामी आर्थिक वर्षका ४७ करोड ३६ लाख १९ हजार ९ सय बजेट प्रस्ताव गरेको छ । संघ र प्रदेशबाट प्राप्त बजेट, दाता निकायसँगको साझेदारीमा सञ्चालित कार्यक्रम र आन्तरिक राजश्वबाट प्राप्त आम्दानी गरि ४७ करोड ३६ लाख १९ हजार ९ सय बजेट प्रस्ताव गरेको हो ।

बडिमालिका नगरपालिकाको ०८०र०८१ नीति तथा कार्यक्रम पर्यटन प्रद्वन गर्न मार्तडी बडिमालिका सडक स्तर उन्नति । बडिमालिका क्षेत्रमा खर्क स्टे र कालाजग्रा क्षेत्रमा हामस्टे संचालन गरिने, बडिमालिका नपा–८ रहेको रानिवनमा हरित पार्क तथा ध्यानकेन्द्र बनाउन पहल गर्ने लगायत रहेको छ ।
नगर उपप्रमुख नन्दा कुमारी थापाले स्थानीय उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेकी हुन् । नगर प्रमुख अमर बहादुर खड्काले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि बडीमालिकाले आर्थिक वर्ष २०८०।८१ मा उत्पादनमा केन्द्रीत हुने कार्यक्रम प्रस्तुत गरेका थिए ।
बडीमालिकाले आन्तरिक राजश्वबाट ३ करोड ५४ लाख ४३ हजार ५ सय, संघिय सरकारबाट विभिन्न शिर्षका प्राप्त ३० करोड २२ लाख, प्रदेश सरकारबाट प्राप्त ४ करोड ४३ लाख ८८ हजार र संघ र प्रदेश सरकारको बाँडफाँड सहीतका योजनाबाट प्राप्त ४ करोड १८ लाख ८ सय ४ रुपैया सहीत ४७ करोड ३६ लाख १९ हजार ९ सय बजेट प्रस्ताव गरेको नगर उपप्रमुख नन्दा कुमारी थापाले बताएकी छन् ।

प्रस्तुत बजेटमा कृषि प्रर्वद्धनात्मक कार्यक्रम तर्फ ७२ लाख ६१, कोदोको विस्कुट उद्योग सञ्चालनका लागि नगर प्रमुख उद्यम विकास कार्यक्रम अन्र्तगत २० लाख लघुउद्यम विकास तर्फ २७ लाख, पर्यटन तर्फ १६ लाख ७० हजार, वित्तिय सहकारी प्रवद्र्धनमा १४ लाख ४२ हजार रुपैया विनियोजन गरेको छ ।

सिचाँइ कुला निर्माण तर्फ मर्मत तर्फ ६० लाख ४० हजार, पशुपन्छी तर्फ ४५ लाख ७३ हजार, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ सहीत सामाजिक विकास तर्फ १७ करोड ३७ लाख ८३ हजार, लैगिक समानता तथा सामाजिक समावेशीकरण एवं संरक्षण तर्फको शिर्षकमा १ करोड ३० लाख ३ हजार ४ सय, युवा तथा खेलकुदमा २० लाख ४१ हजार बजेट विनियोजन गरेको छ ।

बडीमालिकाले भौतिक पूर्वाधार विकास शिर्षकमा ९ करोड ४८ लाख ९ सय ५ सय रुपैया विनियोजन गरेको छ । त्यसमा यातायात तथा सडक, उर्जा, भवन तथा शहरी विकास शिर्षक राखेको छ । वन वातावरण तथा विपद व्यवस्थापन एवं शुसासन अन्तर सम्बन्धीत कार्यक्रम १ करोड २३ लाख ६ हजार बजेट विनियोजन गरेको छ । बडीमालिकाले सबै वडालाई प्रविधीमैत्री सेवा प्रवाह गर्ने गरि बजेट विनियोजन गरेको छ ।

वातावरण तथा जलवायु अन्तर सम्बन्धीत क्षेत्र शिर्षकमा १ करोड २३ लाख ६ हजार, कार्यालय सञ्चालन तथा प्रशासनीन खर्च तर्फ १४ करोड ४८ लाख ३९ हजार बजेट विनियोजन गरेको छ । बडीमालिकाको उत्पादनको बजारिकरण र जनताको जीवन स्तर सुधारका लागि पालिकाले बजेट केन्द्रीत गरेको बताइएको छ ।

बडीमालिका नगरपालिकाले कला साहित्य, सँस्कृति र भाषा संरक्षणलाई स्थान दिने र निशुल्क एम्बुलेन्स सेवा र स्वास्थ्य संस्थामा आधारभुत स्वास्थ्य सेवाको सहजताका लागि पनि बजेट विनियोजन गरेको छ । आज ल्याएको निति तथा कार्यक्रम अन्तरगत कालाजग्रामा पोरखे लेक क्षेत्रमा आउने जिल्ला बाहिरका पर्यटकलाई बोका उपहार दिने भएको छ ।

नगरपालिकाले पर्यटकको रुपमा घुम्न आउदा २० जनाको समुह बनाएर आउने पर्यटक एक खसी उपहार दिने निति बनाएको हो । यस्तै बडीमालिका, वीरे झरना, मालिका मन्दिर कालाजाग्रा क्षेत्रको प्रवद्र्धन र विकासमा पनि लगानी बढाएको नगर प्रवक्ता धर्मराज पाध्यायले बताएका छन् ।पालिकाले स्थानीय पाठ्य पुस्तक र शैक्षिक सामाग्री निर्माण र शैक्षिक सुधारका लागि अलग्गै संयन्त्र बनाएर काम अघि बढाउने, सबै नागरिकलाई स्वास्थ्य विमा अनिवार्य गराउने, सबैजसो विद्यालयमा इहाजिरी प्रविधी जडान गर्ने नीति लिएको छ ।

सम्रगमा समृद्ध नगर सुखी नगरवासीको अभिभार पुरा गर्नेगरी नगरपालिकाले निति तथा कार्यक्रम प्रस्तुत गरेको नगरप्रमुख अमर खड्काले बताएका छन् । नगरप्रमुख खड्काले जनताको जनआकांक्षा अनुसार न निति तथा कार्यक्रम ल्याएको दावी गरेका छन् ।

यस्तै नगरउपप्रमुख नन्दा थापाले नगरपालिका भित्रका नगरवासिका समस्याहरुलाई ध्यानमा राखेर, नगरवासिको जिवनस्तरलाई माथि उकास्नका लागी, शिक्षा स्वास्थ्य, खानेपानि, सञ्चार, खानेपानी, बिद्युत, यातायात,सिुचाँई लगायतका आधारभुत आवश्यकताको पहुँचमा नगरवासिलाई पुर्याउन, उत्पादनमा जोड, कृर्षिमा आत्मनिर्भरता बढाउन, रोजगारीका अवसर सिर्जमा,गर्न, पर्यटन पर्वद्धन गर्न, प्रबिधिमैत्रि बडिमालिका बनाउने, खेल क्षेत्रको बिकास गर्ने, सामाजिक अपचलनको अन्त्य गर्ने भावी उदेश्यका साथ अगाडी बढिरहेको बताएकी छन् । साही अनुसराको बजेट बिनियोजन गरेको पनि उनको भनाई थियो । जनताका प्रमुख आवश्यकतालाई प्रमुख आवश्यकतामा रहखेर बजेट बिनियोजन गरेको उनले बताएकी छन् ।

सम्बन्धित पोस्ट
  • लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग
  • तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना
  • बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय
  • परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    समाचार

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी

    ४ स्थानीय तहको संयुक्त विज्ञप्तिः झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑