
रुकुम पश्चिम- रुकुम पश्चिममा जीप दुर्घटना हुँदा दश जना घाइते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका १ मा भएको बोलेरो जीप दुर्घटना परेर दश जना घाइते भएका हुन ।

आज बिहान जिल्लाको मुसिकोट नगरपालिका १ त्रिवेणी चोकदेखि वडा नम्बर ५ थर्पुमा रहेको डिग्रे शाईकुमारी मन्दिरको दर्शन गर्न जान थालेको भे १ च २७९६ नम्बरको जीप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार उक्त जिपमा १२ जना सवार रहेकोमा अन्य दुई जना सकुशल रहेका छन् ।
ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएपनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । घाइतेहरू सबैको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर