• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 26, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

बाजुराका साँसदलाई स्थानियको प्रश्न बाजुराका लागी कति बजेट ल्याउनुभयो ? 

खप्तड मालिका न्युज May 31, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहानदुर खड्का बाजुरा –बाजुराबाट निर्वाचित साँसदलाई बाजुराका अधिकांस स्थानियले बाजुरामा कति बजेट ल्याउनुभयो ? भनेर प्रश्न गरेका छन् । सोमवार सरकारले प्रस्तुत गरेको बजेट भाषण्मा सरकारले हरेक वर्ष झै उपेक्षा गरेको भन्दै साँसदहरुलाई प्रश्न गरेका हुन् ।

सुदुरपश्चिमकैहकमा पनि बाजुरालाई सरकारले उपेक्षा गरेको भन्द्रै अधिकांस बाजुराका युवाहरुले सरकारको बिरोध गरेका छन् भने बाजुराबाट निर्वाचित प्रतिनिधिसभाका साँसदहरुको आलोचना गरिहेका छन् । बाजुराबाट नेपाली कांग्रेसका केन्द्रिउ सहमहामन्त्रि समेत रहेका बद्रि प्रैशाद पाण्डे प्रतक्ष तर्फबाट निर्वाचित भएका थिए भने नेकपा एमाले केन्द्रिय सदस्य दयाल बहादुर शाही समानुपातिक साँसद हुन् । यतिवेला दुवैजना साँसदहरुको आलोचना संगै बाजुरेली जनताले प्रश्न गरिरहेका छन् । सामाजिक सञ्जालमा साँसदहरुको चर्को आलोचना संग चौर्तफी बिरोध भइरहेको छ । सोमवार संघीय सरकारका अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले सार्वजनिक गरेको बजेटमा सुदूरपश्चिमका केहि सडकहरुलाई समावेश गरिएको छ। संघीय सरकारले आगामी आर्थिक वर्ष २०८०\८१ का लागि सुदूरपश्चिम प्रदेशभित्रका सडक निर्माणका लागि भन्दै एक अर्ब ३० करोड बजेट विनियोजन गरिएको छ।

सुदुरपश्चिमका अधिकांस जिल्लाका सडकको स्तरउन्नतीका लागी संघिय सरकारले बजेट बिनियोजन गरेको भएपनि बाजरा भने संघिय सरकारले बिनियोजन गरेको बजेटमा अटाउन सकेको छैन । सरकारले हरेक बर्ष उपेक्षा गरेझै यो बर्ष पनि बाजुरालाई उपेक्षा गरेको पाइएको छ । सरकारले बजेट बिनियोजन गर्दा बाजुरालाई उपेक्षा गरेको भन्दै बाजुरावासीले सरकारको र बाजुराबाट निर्वाचित माननियहरुको आलोचना र चौतर्फी बिरोध गरेका छन् । बाजुरालाई हरेक बर्षको बजेट भाषण्मा सरकारले उपेक्षा गरेकै छ । तर कोही बोल्दैनन किन बाजराबाट निर्वाचन जितेर गएका साँसदहरु किन मौन छन् सवैसाधरणले समे आपत्ति जनाइरहेका छ् । सरकारमा बाजुराको पहँच कलिे पुग्छ बाजुराका लागी आवश्यक बजेट अव कहिले बिनियोजन गरिन्छ । जति जोगि आया कानै चिरेका भनेझै जुनसुकै पार्टीको व्यीक्तलाई जिताएर पठाएपनी केही फरक काम नहुने अधिकांसले बताइरहेका छन् ।

सुदुरपश्चिमका कुन कुन सडकका लागी भयो त बजेट बिनियोजन ? 

संघीय सरकारले महाकाली कोरिडोरको बम्हदेव–झुलाघाट–दार्चुला र दार्चुला–टिङ्कर सडक खण्डको स्तरोन्नतिका लागि ४५ करोड विनियोजन गरिएको छ।त्यस्तै सेती राजमार्गको टिकापुर–लोडे–चैनपुर र चैनपुर–तक्लाकोट खण्ड निर्माण गर्न ३० करोड विनियोजन गरिएको छ। खुटिया–दिपायल–चैनपुर–उरैभन्ज्याङ्ग सडकलाई प्राथमिकताका साथ अघि बढाउन भन्दै संघीय सरकारले २५ करोड बजेट विनियोजन गरेको छ।त्यस्तै दैजी–जोगबुढा–डडेल्धुरा सडक स्तरोन्नतिको लागि ३० करोड बजेट विनियोजन गरिएको छ भने मोहना–अत्तरिया ६ लेन सडक खण्डको बाँकी कार्य सम्पन्न गरिने उल्लेख छ। संघीय सरकारले सुदूरपश्चिममा वर्षौदेखि निर्माणधिन तर सम्पन्न हुने कुनै टुंगो नभएका सडकमा आगामी आर्थिक वर्षका लागि पनि बजेट विनियोजन गरेको भए पनि बाँकी पूर्वाधार विकासमा भने बजेट विनियोजन गरिएको छैन्।

चुनावका वेला समृद्ध बाजुरा सुखी बाजुरेली वासीको नारा बोकेरा जनताको घरदैलोमा किसानहरुको खेतवारी सम्मै पुगेका नेताहरुको सरकारले प्रश्तुत गरेको बजेट भाण्षण् पछी आलोचना सुरु भएको हो । चुनाव जित्नका लागी जनताका सामु झुटा आश्वासन बाड्ने बाजुराका माननियहरुले बाजुराका लागी किन बजेट बिनियोजन गर्न सरकार संग माग गर्न सकेनन् ? भन्दै प्रशन समेत अधिकांस बाजुरा वासीले आफ्नो सामाजिक सञ्जाल मार्फत प्रश्न गरेका छन् । के बाजुराको बिकास नै आवश्यक नै छैन ? । यदि छ भने किन बजेट बिनियोजन भएन ?  सुदुर पश्चिमकै अन्य जिल्लामा करोडौँको बजेट हुने ठाँउमा बाजुराका लागी किन बजेट बिनियोजन हुन सकेन?

पुछारमा रहेको बाजुरालाई अन्य जिल्लाको सरह ल्याउन बाजुरालाई प्रमुख प्रथामिक्तामा राखेर बजेट बिनियोज गर्ने प्रतिबद्धता जनाएका कांग्रेस सहमहामन्त्रि बद्रि प्रशाद पाण्डेलाई बावजुराका लागी कती बजेट बिनियोजन गराउनुभयो माननिय ज्यु ? भने प्रश्न गरेका छन् । साँसद पाण्डेले चुनाव पुर्व बाजुराका गाँउ–गाँउमा पुगेर यस अघिका माननियले बाजुराको बिकासमा भन्दा आफुनो स्वार्थपुतीमा मात्र लागेको भन्दै आफु बाजुराको बिकासका लागी नयाँ र फरक काम गर्ने आश्वासन दिएका थिए । यतिमात्र होइन उनले चुनावी आमसभामा बोल्दै यस अघिका माननिय बिकासमा फेल भएको बताउदै बाजुराको बिकासमा डिस्टिक्सन ल्याएर पास हुने बताएका थिए । बिकासमा डिस्टिक्सन ल्याउन्छु भनेका पाण्डे सुरुवातीमै असफल भएको टिकाटिप्पणी समेत भइरहेका छन् ।

अर्को माननिय दयाल बहादुर शाही संसदमा प्रतिपक्षको आलोचना गरेरै समय सककाउन्छन् । उनलाई प्रतिपक्षेको बिरोध गर्नै समय पुग्दैन । बाजुराबाट निर्वाचित साँसदहरुको बाजुराको बिकास भन्दा बढी चाँसो राजनितिको देखिएको भन्दै बिभिन्न टिकाटिप्पणी  हुने गरेका छन् । बाजुरा वासीको सिङ्गो आवाजलाई लिएर संसदमा आवाज उठाउने उनको प्रतिबद्धता थियो । संसदमा पाण्डेले बाजुरा बासिकान सवालहरुलाई उठाउदै हरेक संसद बैठकमा सरकारको ध्यानकर्षण गर्दै आएका छन् । उनी बाजुरा बासीका समस्याहरुलाई लिएर हरेक मन्त्रालयका मन्त्रिलाई समेत भेटर्वाता गर्दै मन्त्रालय र मन्त्रिको ध्यानाकर्षण समेत गराउदै आएका छन् । तर संघिय सरकारको बजेटमा भने उनले संसदमा उठाएको आवाज र मन्त्रालयका मन्त्रिहरुलाई भेटेर गराएको ध्यानाकर्षणको सुनुवाई नभएको प्रष्ट हुन्छ । एक स्थानियले भने

यता यो बिषयमा प्रतिनिधि सभा सदस्य पाण्डेलाई सम्पर्क गर्दा उनको टेलिफोन सम्पकैहुन सकेको छैन । साँसद पाण्डेका स्वकियउ ताल बहादुर रावतले अवको केही दिनमा मन्त्रालयगत बजेट सार्वजनिक भएपछी बाजुराका कुन योजनामा कति बजेट बिनियोजन भएको छ भन्ने कुरा थाहा हुने बताएका छन् ।सोमबार आगामी आर्थिक वर्ष २०८० ८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले बाजुराको बडिमालिका क्षेत्रलाई खुल्ला सांस्कृतिक सङ्ग्रहालय को रूपमा विकास गरिने भनेका थिए ।केही दिन अगाडी साँसद पाण्डेकै पहलमा साँफे मार्तडी सडक खण्डको बैकल्पिक सडक खण्डको स्तरउन्नतीका लागी बजेट बिनियोजन भएको छ ।

साँफे मार्तडी सडक खण्ड अन्र्तगत पर्ने बल्दे अमकोट द्धारी वैकल्पिक मार्गमा यसै आव काम सम्पन्न गर्ने गरी गत वैशाख २० गते सडक डिभिजन कार्यालय साँफेवगरले ठेक्का आह्वान गरीसकेको छ । कुल लागत १ करोड २९ लाख ९५ हजार ३ सय २४ रुपैया ६६ पैसा रहेको छ । बाजुरामाको बडीमालिका नगरपालिका २ को भौनेरा, ९ र ७ विचमा पर्ने अनाई खोला र बुढीनन्दा नगरपालिकाको दानसाँगुमा बेलिव्रिज पुल निर्माण गरिने भनिएको छ । बाजुराको यो बाहेकको अर्को कुनै गौरवको योजना संघिय सरकारको बजेटमा बाजुरा अटाउन सकेको छैन । मानव बिकास सुचकाङ्ककको ७ठ औँ स्थानमा रहेको बाजुरा ७५ जिल्ला हुँदा ७५ औँ स्थानमै थियो ।नेतृत्व फेरियो तर बाजुरेली जनताका जनजिवन कहिले फेरिएला ।

बाजुराको राजनीति घटनाक्रममा नेतृत्व फेरिएपनि तर जनताको जिवनस्तर फेरिएको छैन । बाजुरामा प्रजातन्त्रको पुनर्वाहाली पछि विभिन्न दलका नेताहरू संसदमा पुगेका छन् भने कोही सांसद त कोही मन्त्री समेत बनेका छन् । बाजुराले राज्यको राजकीय पद पायो नेताहरु चुनाव जितेर सांसद बने कोही मन्त्री बने तर बाजुरा बासीको जिवन स्तरमा भने कुनै परिवर्तन आउन सकेन। नेताहरुको जिवन स्तर फेरियो होला तर नागरिकका समस्या जेनका तेन नै छन् ।

दूरका अन्य जिल्लाहरुको सन्दर्भमा बाजुरा आफैमा बिकट अनि दुर्गम जिल्लाका रुपमा लिने गरिन्छ । देशमा संघीयता लागु भैसक्दा पनि बाजुरा अझै राज्यको नजरमा पर्न नसकेको बाजुरेली जनताको गुनासो रहेको छ । देशकै पिछडिएको जिल्लाका रुपमा लिने गरेको बाजुरा जिल्लालाई राज्यले गर्ने सौतेनी ब्यववार अझै कमि हुन सकेको छैन । केही यस्ता दुर्गम बस्तीहरु छन जहाँका बासिन्दाहरु अझ सम्म पनि गरीबीको रेखामुनिबाट माथी उठ्न सकेका छैनन् । यहि गरवीका कारण भोकमरीको अभावमा मानिसहरु दिन गुजारीरहेका छन ।

जहाँका मानिसहरु हालसम्म पनि अशिक्षित छन । यहि अशिक्षाका कारण थुप्रै प्रकारका असमानताहरु समाजमा छन् । बाजुराको मनिसहरुको चेतना स्तर पनि न्यून छ । यहाँका मानिसहरुको जीवन स्तरमा सुधार हुन सकेको छैन । जहाँका मानिसहरुको आयस्तर निकै न्यून रहेको छ। आम्दानीको श्रोतहरु प्रशस्त भएको भएतापनि तिनीहरु सहि सदुपयोग हुन सकेको छैन । यहाँका मानिसहरूले हालसम्म पनि परम्परागत जिवनशैलीलाई निरन्तरता दिदै आइरहेका छन् । यसको प्रमुख कारण पनि यहि अशिक्षा हो ।

अधिकांसा मानिसहरू ब्यरोजगार छन् । अधिकांस युवा पिडित खाडी मुलुकहरुमा पसिना बगाएर परिवार पालिरहेका छन् । यहाँका मानिसहरूको प्रमुख पेसा नै कृर्षि हो । खेतिपाती तथा पशुपालन गरेर यहाँका मानिसहले जिवनयापन गरिरहेका छन् । त्यँही कृर्षीलाई पनि आधुनिकरण गर्न सकिएको छैन । अझ सम्म पनि परम्परागत कृषि प्रणाली नै निरन्तरता दिदै आइरहेको पाईएको छ ।जुन कृषि प्रणाली जिवन निर्वाहमुखि पनि बन्न सकेको छैन । बर्ष भर दिनरात खेतबारीमा खट्ने कृर्षकहरुको उत्पादन एकदमै कम देखिन्छ । उत्पादनमा बृद्धी गर्न कुनै नयाँ उपाएको खोजी यहाँका किसानहरुले गर्न सकेको छैन ।बाजुराका स्थानियहरु व्यापार व्यवसाय तर्फ त्यति धेरै उन्मुख भएको देखिदैनन् । धेरै मानिसहरु कृर्षिमा नै निर्भर छन् । तर आफुहरुले गर्दै आएको पेशाबाट आत्मनिर्भर समेत बन्न सकेका छैनन् ।

बाजुरामा गरिवी, अशिक्षा, भोकमरी, व्यरोजगारी मात्र छैन् बिकासमा पनि निकै पिछडिएको र पछाडी पारिएको छ ।यहाँ बिद्यालयहरु संचालनमा ल्याइएका छन तर गुणस्तरीय शिक्षा प्रदान गर्न सकेको अवस्था छैन । चाहेको प्राबिधिक शिक्षा पढ्न का लागी जिल्ला भित्र व्यवस्था छैन । जिल्ला भित्र थुप्रै अस्पतालहरु छन तर सामान्य बिरामीहरुको उपचारका लागि मात्र सिमित छन् । एउटा कुनै बिरामीको अवस्था जटिल भएमा उपचारका लागि ठूलो अस्पताल रिफर गरिन्छ । तर बिरामी अस्पताल पुग्न नपाउदै मृत्यु भैइ आधी बाटो देखि घर फर्किनु परेका धेरै घटनाहरु छन, ।समयमै उपचारनै नपाई ज्यान गुमाउदै आएका छन् ।

अहिलेको युगमा संचार बिनाको मानिसको जीवन कल्पना समेत गर्न सकिदैन तर जिल्लाका केही यस्ता बिकट बस्तिहरु छन् । जहाँ फोन गर्नकै लागी रुख र डाँडापाखा चढ्नुपर्ने, आदी समस्याहरु झेल्दै आइरहेका छन् । नेट चलाउनु त त्यहाँका स्थानियहरुका लागी सपना जस्तै हो । यो बिज्ञानको युग हो । अहिलेको युगमा संचार बिनाको मानीस र लगम बिनाको घोडा एउटै एउटै हुन । फोन गर्नकै लागि कहिले कांही त बिहान नेटवर्क नआउने हुदाँ १० बजे सम्म रोकिनु पर्ने बाध्यता छ ।यो समस्या जिल्लाको हिमाली र खप्तड छेडेदह, लगायतका पालिकामा छ । यस्तै टुक्कि र झरोको भरमा रात कटाउनुपर्ने, परमपरागत कृषी प्रणाली, परम्परागत जिवन शैली, घण्टौ सम्मको पैदल यात्रा गर्नुपर्ने, दिन गुजार्नकै लागी बिदेशीनुपर्ने बाध्यता बाजुरा बासिले झेल्दै आएका छन् ।

एउटा यस्तो जिल्ला जहाँ सदरमुकाममा समेत ६ महिना मात्र बस पुग्छन् । एउटा प्रमुख सडक खण्ड छ साफे मार्तडी जुन निरन्तर चार बर्ष यता अबरुद्ध हुँदै आएको छ । भौतिक एवम् मानवीय क्षेती भैसकेको छ । बर्षेनी सास्ती खेपेर पैदल यात्रा गर्नुपर्ने र दैनिक उपभोग्य बस्तुको मुल्य आकासिने गर्दछ र महङ्गगीको मार खेप्नुपर्ने बाध्यता छ ।

 

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑