
काठमाडौं – पाँच टी २० खेलको शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियामाथि ७ विकेटको सहज जित हासिल गरेको छ । पहिलो खेलमा सोमबार ५० रनमै अलआउट भएपछि आलोचित बनेको नेपालले दोस्रो खेलमा संयमित प्रदर्शन गरेको हो ।

नेपालले पहिलो खेल ५ विकेटले गुमाएको थियो । योसँगै शृंखला बराबरीको अवस्थामा पुगेको छ । यूकेएम क्रिकेट ओभलमा मलेसियाले दिएको ९८ रनको लक्ष्य नेपालले १७३ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।
नेपालको लागि कप्तान रुविना क्षेत्रीले सर्बाधिक अविजित २९ रन बनाइन् । उनले छक्का प्रहार गरी टिमको जित निश्चित गरेकी थिइन् । रुविनाले २१ बलमा ३ चौका र १ छक्का प्रहार गरिन् ।
ओपनरद्वय कविता कुँवर र सीता रानामगरले ३३ रनको सुरुवाती साझेदारी गरेका थिए । सीता २२ बलमा २ चौका र १ छक्कासहित २३ रन बनाएर आउट भएपछि आएकी कविताले विन्दु रावलसँग मिलेर दोस्रो विकेटका लागि ३० रनको साझेदारी गरिन् ।
विन्दु १८ बलमा १७ रन बनाएर आउट भइन् । तेस्रो विकेटका रुपमा कविता २६ रन बनाएर आउट भइन् । सम्झना खड्का २ रनमा अविजित रहिन् ।बलिङमा मलेसियाका एइसा इलिसा, निक नुर अटिएला र विनीफ्राइडले १(१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ५ विकेट गुमाएर ९७ रनको योगफल बनाएको थियो । सुरुवात राम्रो गरे पनि मलेसियाका ब्याटरहरुलाई नेपाली बलरहरुले रोकेका थिए ।
मलेसियाका ओभरन विनीफ्राइड दुराइसिंगम र वान जुलियाले ३१ रनको सुरुवाती साझेदारी गरेका थिए । विनीफ्राइड २० रन बनाएर आउट भएपछि आएकी मास इलिसासँग मिलेर जुलियाले दोस्रो विकेटका लागि ३७ रनको साझेदारी गरिन् ।
जुलियाले २० र इलिसाले २८ रन बनाए । त्यसपछिका ब्याटरहरुले राम्रो प्रदर्शन गर्न सकेनन् । अइन्ना हमिजाले १४ रन जोडिन् ।
बलिङमा नेपालकी कप्तान रुविना क्षेत्रीले २ विकेट लिइन् । उनले ४ ओभरमा १६ रनमात्र खर्चिन् । कविता कुँवर र इन्दू बर्माले एक एक विकेट लिए । दुईबीचको तेस्रो खेल बिहीबार हुनेछ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर