
मिन बहादुर खड्का बाजुरा – लामो समय यता स्वतन्त्र बिचार राख्ने सामाजिक अभियान्ता हेमराज थापाले काठमाडौं,धरानको जस्तैः स्थिती बाजुरामा सिर्जना गर्ने बताएका छन् । आज बिहान रेडियो पौरखीको कार्यक्रम पौरखी बहसमा सञ्चारकर्मी संग कुराकानी गर्दै थापाले यस्तो बताएका हुन् ।बाजुरामा पनि युवाहरुले परिवर्तन चाहेको भन्दै धरान, चितवन, काठमाडौं, लगायतका सहरमा दलहरु प्रतिको वितृष्णाले नयाँ विकल्प खोजेको उदाहरण दिदै थापाले यहीँ स्थित बाजुरामा सिर्जना हुन धेरै समय नलाग्ने थापाले ठोकुवा गरेका छन् । पुराना दलहरूको गलत प्रवृत्तिका कारण अबको पाँच वर्षमा दलहरूले गरेको अपेक्षामा नयाँ तरङ्ग ल्याउने दावी गरेका छन् । अबको पाँच बर्ष पछि दल छोडेर जनता स्वतन्त्र भएर परिवर्तनको पक्षमा अग्रसर हुने उनको भनाईको आशय थियो ।
बाजुराका सक्रिय राजनीति दलहरु प्रति बाजुरेली युवाहरु र बाजुरा बासिको पनि वितृष्णा छाएको बताउदै अब आउने २०८४ को स्थानीय निर्वाचनमा नयाँ विकल्प बाजुराले खोजेको बताएका छन् । यतिबेला बाजुराका विभिन्न पालिकामा थापा जनताका जनगुनासा संकलन र जनता संग साक्षात्कार भेटघाटका क्रममा छन् । थापा यतिबेला बाजुराका गाउँ गाउँमा जनता संग प्रत्यक्ष भेटघाट गरिरहेका छन् । लामो समय देखी नेपाली जनता र राष्ट्र र राष्ट्रियताका सवालमा आफ्नो आवाज बुलन्द गर्दै आएका थापा पहिलो पटक आफ्नो गृह जिल्ला भ्रमणका क्रममा छन् । गत मंसिर ५ मा भएको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन काठमाडौं क्षेत्र न . ५ बाट प्रत्यक्ष प्रतिनिधि सभा सदस्य पदका लागि निर्वाचन समेत लडिसकेका थापा बाजुराका जनता संग प्रत्यक्ष भेटघाट र जनताका जनगुनासा सुन्न पहिलो पटक बाजुरा आइपुगेका हुन् ।
तर निर्वाचनमा भने उनी प्राजित भएका थिए । त्यो निर्वाचनमा पराजित भएपनी आफ्ना लागि त्यो सिकाई भएको थापाको भनाई छ । उनी करिब २०/२१ दिन अगाडि नै बाजुरा पुगेका थिए । जिल्लाका सबै पालिकाका जनताका समस्या पहिचान र जनतका जनगुनासा संकलन गरेर फर्किने तयारीका साथ थापा गृह जिल्ला बाजुरा पुगेका हुन् । जिल्ला बासिका समस्या लिएर प्रदेश र संघमा पुग्ने तयारीमा छन् । बाजुराबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सांसद र प्रतिनिधि सभा सांसदलाई पनि भेटेर बाजुराका समस्या बारे ध्यानाकर्षण गराउने थापाको तयारी छ ।
थापाले लामो समयदेखि राज्य संचालनमा भए गरेका अन्याय,अत्याचार, अनियमितता, दुराचार र भ्रष्टाचारका बिरुद्ध सडकबाट जनताको आवाज बुल्न्द गरिरहेका छन् । सरकारका कमिकमजोरीहरु उठान गरेर सरकारको सडकबाटै ध्यानाकर्षण गराइरहेका छन् । सडकबाट नेपाली जनता र राष्ट्रियताको पक्षधर भएर आवाज उठाउने थापा एक शसक्त प्रतिपक्षको भुमिका निर्वाह गरिरहेका छन् । थापाले यस अघि प्रेट्रोलियम पदार्थको मुल्यबृद्धि, राष्ट्रको हित बिपरित हुने अन्तर्राष्ट्रिय सन्धि सम्झौता, सिमा अतिक्रम लगायतका बिषयमा खरो रुपमा प्रस्तुत हुँदै नेपाली जनताको हित र राज्यको हितको पक्षमा उभिदै आएका छन् । उनी जनताको पक्षमा उभिएर आवाज उठाउदै गर्दा पटकपटक गिरफ्तार भैई हिरासतमा समेत बसिसकेको छन् । प्रहरीको कुटाई र जेल नेल उनका लागि सामान्य कुरा जस्तै भैसकेको छ ।
बाजुरा बनाउने जिम्मेवारी तपाईंहरु जत्तिको युवाहरुको काँधमा आएको हो कि होइन ? भन्ने प्रश्नको जवाफ दिदै थापाले बाजुरा बनाउने अभियानकै लागि गृह जिल्ला आएको बताएका हुन् । अब बाजुराका युवाहरूलाई बाजुराको विकास र समृद्धिका लागि एकै सुत्रमा बाध्ने अभियानमा आफु लागिरहेको बताए । आफु बाजुराका गाउँ गाउँमा पुग्दा जनताले आफु प्रती देखाएको स्नेह माया ममताले नै जनताले परिवर्तन चाहेका छन् । जनता नयाँ विकल्प रोज्न तयार छन् भन्ने कुरा प्रष्ट हुने उनको जिकिर थियो । सम्भावनानै सम्भावना भएको जिल्ला विकासमा अझै पुछारमा रहेको बाजुरालाई अगाडि ल्याउने जिम्मा युवाहरुको काँधमा रहेको बताउदै थापाले राजनीति आस्था भन्दा माथी उठेर साझा सवालमा एकीकृत हुनुको अर्को विकल्प नरहेको बताए । अधिकांस बाजुरेली युवाहरु परिवर्तनको पक्षधरहरु आफ्नो साथमा रहेको पनि थापाको दावी छ ।
गलत कुराको खुलेर बिरोध र राम्रो कुराको समर्थन गर्न सकेमा मात्र परिवर्तन सम्भव हुने थापाको भनाई थियो । परिवर्तन एउटैले जति गरेपनि सम्भव नहुने बताउदै उनले म एक्लैले सवैथोक गर्न सक्छु भन्ने पक्षमा नरहेको बताए । बाजुराको परिचय बदल्ने, बाजुराको विकासका लागि सवैको उत्तिकै साथ सहयोग र समन्वयको भुमिका जरुरी रहेको भन्दै थापाले बाजुरेली युवाको साथ आफुलाई चाहिएको बताएका छन् । परिवर्तनका पक्षधरहरु बाजुराको बिकास बाजुरेली जनताको समृद्धि चाहानेहरुले आफुलाई साथ दिनेछन् भन्ने कुरा आफु विश्वस्थ रहेको उनको भनाई थियो ।
जिल्लामा लामो समय देखि राजनीति गर्दै आएका सक्रिय राजनीति दलले केही गर्न नसकेको उनको जिकिर थियो । बाजुराको जनप्रतिनिधि भैसकेपछि बाजुराको परिचय बदल्ने गरि काम गर्न नसकेको उनको भनाई थियो । स्वतन्त्र विचार राख्ने थापाले दलहरूका नेता स्वार्थका लागि मात्र राजनीति गर्ने गरेको आरोप लगाए ।
भ्रष्टाचार गर्न, पैसा कमाउन,काठमाडौं,धनगढी, नेपालगञ्ज लगाउन गाडी हाल्न नेता भएको आरोप समेत उनले लगाए । निर्वाचित जनप्रतिनिधिहरु जनताको शासक भएर स्थापित भएको बताउदै अव यसको अन्त्य वर्तमान आवस्यकता रहेको बताएका हुन् । चुनाव पनि काठमाडौंबाटै लड्नुभयो ? बस्न पनि काठमाडौं नै बस्नुहुन्छ । जन्मभूमि बाजुरा हो । आवाज पनि राष्ट्रिय राजनीतिकै बिषयमा बुलुन्द गर्नुहुन्छ बाजुराको भन्दा बढि चिन्ता काठमाडौंको लागेको हो ? भनेर सोधेको प्रश्नको जवाफमा थापाले अध्ययन गर्दै गर्दा सहरको बसाई भएपनि अब भने बाजुरा केन्द्रीत हुने र राजनीति गरेपनि बाजुरामै गर्ने उनको भनाई थियो । काठमाडौं बस्यो भन्दैमा बाजुराको माया नै छैन बाजुराको विकासको बाजुराको जनताको चासो छैन चिन्ता छैन भन्ने भ्रममा कोही छन् भने मुक्त हुन पनि आग्रह गरेका छन् । आफुले काम गरेको जनता संग चिनिएको ठाउँ काठमाडौं भएर मात्र काठमाडौंबाट निर्वाचन भिडेको उनको भनाई थियो ।
फरक प्रसङ्गमा बोल्दै थापाले आफु नेता बनौंला, सांसद बनौंला भनेर यसरी गाउँ गाउँमा गएको भनेर नबुझ्न पनि आग्रह गरेका छन् । पाँच बर्ष पछिको स्वतन्त्र राजनीतिको तयारी हो कि भन्ने प्रश्नको जवाफमा थापाले अहिले सम्म देश र जनताका लागि गरेको संघर्ष नेता बन्नकै लागि हो पहिचान बनाउनकै लागि हो भन्ने भ्रमपुर्ण मानसिकताबाट मुक्त हुन अपिल गरेका छन् । पाँच बर्ष पछी बाजुराबाट चुनाव लड्नुहुन्छ त ? यदि लड्नुभयो भने स्वतन्त्र बाट वा दलनै रोज्नुहुन्छ ? भन्ने प्रश्नको जवाफमा उनले अहिलेनै यो बिषयमा प्रतिक्रिया नदिने बताए । चुनाव लडेपछि फरक ढंगले अगाडि बढ्ने उनको भनाईको आसय थियो । दल नै नराम्रो हुन् भन्ने पक्षमा आफू नरहेको बताउदै उनले दलको नेतृत्व गर्ने दलका नेताहरुको गलत प्रवृत्तिले दललाई नै गलत सावित गरिदिएको तर्क गरे ।
उनले भने अस्पतालमा दक्ष चिकित्सक छैनन् , सिटामोल समेत कतिपय अस्पतालमा पाइदैन, अधिकांस ठाउँमा फोन गर्नलाई नेटवर्क छैन, सिचाइको सुबिधा छैन, सडकको पहुँच छैन,विद्युतको पहुँच सबै ठाउँमा छैन । बिद्यालयमा काहीं कतै गुणस्तरीय शिक्षा छैन । जनताले कार्यालयबाट पाउने सेवा सुविधा सहज अनि समान ढङ्गले पाएका छैनन् । जनताले जिताएका जनप्रतिनिधिहरु आफ्ना कार्यकर्ता संरक्षणमै व्यस्त छन् । जनप्रतिनिधि फेरिएपछी कर्मचारी फेरिहाल्छन् । कार्यालयहरुलाई कार्यकर्ता भर्ती गर्ने थलो बनाएका छन् । जनताले दु:ख पाएको छन् । १० कक्षा सम्म मात्र पढेर भारत हिड्नुपर्ने बाध्यता छ ।
यी यावद समस्याहरु छन् । त्यसकारण बाजुरा बनाउने जिम्मा अब हाम्रो काँधमा आएको छ । हामी सबै सच्चिनुपर्छ, बाजुरा बदल्न एकताबद्ध हुनुपर्छ हातमा हात काँधमा काँध मिलाउनुपर्छ परिवर्तन हाम्रै पालामा हुन्छ । यति धेरै समस्याहरु जिल्ला बासिले झेल्दै आएका छन् । अनि बाजुराका नेताले हामीले गर्यौ भन्छन् के गरे अहिलेसम्म भनेर प्रश्न पनि थापाले नेताहरुलाई गरेका छन् । आफु सिङ्गो राष्ट्र परिवर्तनका लागि नै अगाडि बढिरहेको बताउदै बाजुराको विकासमा आफ्नो सदैब साथ सहयोग रहने थापाको भनाई थियो ।
अहिले सम्म बाजुराका लागि बाजुरा बनाउ भन्ने अभियानका सवालमा एक उदाहरणिय काम भएको पाइदैन अब के गर्नुहुन्छ भनेर सोधेको प्रश्नको जवाफमा थापाले अहिले नै म यो गर्छु भनेर झुटा आश्वासन बाँड्ने पक्षमा नरहेको बताउदै समग्रमा बाजुराको विकासका लागि आफु जीवनभर समर्पित रहने बताएका छन् ।
बाजुराका समस्या समाधान गर्न प्र.जि.अ.को ध्यानाकर्षण
बाजुराका अधिकाँस गाउँहरुमा घुमघाम गर्दा जिल्ला बासिहरुले कष्टकर जिवनयापन गर्दै आएको भन्दै ज्ञापन पत्र मार्फत जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्कालाई उनको कार्य कक्षामै पुगेर ध्यानाकर्षण गराएका छन् । शिक्षा स्वास्थ, विद्युत, सञ्चार,सिचाई, यातायात लगायतका आधारभुत आवस्यकता बाटै जिल्ला बासिहरु बञ्चित रहेको कुरा ज्ञापन पत्रमा उल्लेख गर्दै प्र.जि.अ खड्का लाइ ध्यानाकर्षण गराएका हुन् ।
यस्तो छ उनले प्र.जि.अ खड्कालाई बुझाएको ज्ञापन पत्र के के कुरा उल्लेख छन् हेर्नुहोस —

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर