
काठमाडौं,- नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा पूर्वप्रधानमन्त्रीहरुलाई बयानमा बोलाएर अनुसन्धान गर्न सरकारसंग माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद सुवालले सबै मन्त्रीहरुको काम कारवाहीको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने भन्दै सरकारले यस प्रकरणको विषयमा थप अनुशन्धान गर्न आवश्यक भएको बताएका हुन् ।

‘प्रधानमन्त्रीय प्रणालीमा मन्त्रीहरुको काम कारवाहीको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने हुन्छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीहरु पूर्वउपप्रधानमन्त्री प्रहरी अनुसन्धानमा छन् । पूर्व प्रधानमन्त्रीहरुलाई पनि वयानमा बोलाई अनुसन्धान पूर्ण बनाउन जरुरी छैन् र रु एक पूर्व प्रधानमन्त्रीले चार सय नेपालीलाई १० वर्ष अगाडी नै भुुटानी शरणार्थी बनाई अमोरिका छिराएको त्यसको प्रमाण समेत आफूसंग भएको सार्वजनिक रुपमा बताउनु भएको के सरकारलाई थाहा छैन र
सांसद सुवालले पूर्वप्रधानमन्त्रीले आफूसंग प्रमाण भएको जानकारी सार्वजनिक रुपमा दिएको र त्यसको अनुसन्धानमा सरकार लाग्न आवश्यक भएको बताए । उनले जापानमा ‘राजवंशी’ कोटा खुल्यो भन्दै चार सय जना भन्दा धेरैसँग तीन करोडभन्दा बढी ठगी गर्ने काममा मन्त्रीहरूकै संलग्नता भएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर