
काठमाडौं – काठमाडौंमा सुरु भएको काभा महिला भलिबल च्यालेन्ज कपमा उज्वेकिस्तानले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको उद्घाटन खेलमा उज्वेकिस्तानले श्रीलंकालाई ३-० को सोझो सेटमा हरायो ।

२७-२५ सम्म पुगेको पहिलो सेटमा श्रीलंकाले कडा टक्कर दिए पनि बाँकी दुई सेट उज्वेकिस्तानले सहजै जित्यो । दोश्रो सेट २५-२० ले आफ्नो पक्षमा परेको उज्वेकिस्तानले तेश्रो सेट २५-१४ ले नै जित्यो ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभामा आबद्ध १४ मध्ये विश्व भलिबलमै आफ्नो उपस्थिति गराइसकेको काजखस्तान तथा दक्षिण एसियाको बलियो टोली भारतसहित ८ टिम यो प्रतियोगितामा सहभागी छन् ।
लगातार तेस्रो पटक उपाधि जितेर ह्याट्रिक गर्ने लक्ष्यमा रहेको नेपालले समूह ए को खेलमा आज साढे ४ बजे किर्गिस्तानसँग खेल्दै उपाधि रक्षा अभियान सुरु गर्ने छ । यो समूहमा नेपाल र किर्गिस्तानसहित भारत र बंगलादेश छन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर