
बाजुरा –नेविसंघ बाजुराले जिल्ला अस्पताल बाजुरामा पछिल्ला समयमा बढ्दै गएका लापरबाहि तत्काल रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ । आइतवार एक प्रेस वक्तव्य जारी गर्दै अस्पताल जस्तो जनताको स्वास्थ्य संग जोडिएको ठाँउ अस्पतालमा च्रम लापरबाहि हुँदै गएको भन्दै तत्काल रोक्न जिल्ला प्रशासन कार्यालयकाको ध्यानाकर्षण गराएको हो ।

शिक्षा स्वास्थ्य जस्ता कुरालाई नेपालको संबिधानले नै मौलिक अधिकारका रुपमा स्थापित गरेको भएपनि जिल्ला अस्पताल बाजुरामा भने आफ्नो स्वार्थ अनुकुल नभएपछी राजनितिकरण गर्ने थलो बनाएर जिल्ला वासिलाई प्रभावकारी सेवा पाउनबाट बञ्चित गराएको कुरामा नेविसंघको गम्भिर ध्यानाकर्षण भएको प्रेस वक्तव्यमा भनिएको छ । जिल्ला अस्पताल बाजुरामा फार्मेसी र सुत्केरी भत्ता लगायतका धेरै कुरामा आर्थिक अनियमितता भएको कुराहरु बाहिरीएको भन्दै यसको सत्य तथ्य छानविन गर्न पनि माग गरेको छ ।
जनताको सेवामा समर्पित चिकित्सकलाई राजनितिकरण गर्दै आफ्नो स्वार्थका लागी बिभिन्न त्रास धम्कि दिनु दुखःद बिषय भएको बिज्ञप्ती मार्फत ठहर गरेको छ। केही दिन अगाडी नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेमसंघ र युवा संघ बाजुराले जिल्ला अस्पताल बाजुरामा कार्यरत निम्ति कार्यालय प्रमुख डाक्टर मिलन जोशीलाई कार्यालय छोड्न दिएको निर्देशन बिद्यार्थी संघको अपरिपक्कता हा नेविसंघ बाजुराका अध्यष जनक थापा द्धारा हस्ताक्षेरित प्रेस वक्तव्यमा उल्लेख छ ।
कानुनी राज्य भएको मुलुकमा कानुनी प्रक्रियामा गई समस्या भएको बिष्यमा समाधान नै नखोजी राजनिकरण गरेको मिथ्या आरोप लगाएर काम गर्न असहज बातावरण सिर्जना गरेको प्रति नेविसंघ बाजुराले घोर आपत्ति जनाएको छ । यो संगै हालका निमित्त कार्यालय प्रमुखलाई निधक्क भएर बिरामीको उपचारका समर्पित भई प्रभावकारी सेवा दिन आग्रह समेत गरेको छ । जिल्ला अस्पतालमा राजनिती दलका स्वार्थका कारण चिकित्सकहरुलाई भइरहेको असहज वातावरण रोक्न पवनि जिल्ला प्रशासन कार्यालय बाजुरा संग जोडदार माग गरेको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर