• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 26, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

बाजुराका पहिरो पिडित २५ परिवारको २०७८ को कार्तिक देखि छिमेकीकै घरमा बास

खप्तड मालिका न्युज May 21, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ७ मिनेट

मिन बहादुर खड्का बाजुरा–२०७८ साल कार्तिक २ गते आएको अबिरल बर्षाका कारण स्वामिकार्तिक खापर गाँउपालिकाको वडा न. १ माझबाडा र भैसाखाली गाँउमा पहिरो गयो । पहिरोले गर्दा त्यहाँका ४९ वटा घरदुरीको बिचल्ली भयो। २५ परिवार पुर्ण रुपमा विस्थापित भए । गाँउकै बिचल्लि भयो । काँ जाने के खाने कता बस्ने भन्ने समस्याहरु खडा भए। विस्थापित घरपरिवारका सदस्यहरुको उठिवास भयो । विस्थापित परिवारहरु अकार्को घर वस्न थाले । राहातका लागी हारगुहार पनि गरे । झन्डै एक बर्ष पछी पटकपटकको हारगुहारले विस्थापित परिवारका घरहरु पुर्ननिर्माण गर्ने सम्झौता भयो । पहिरोबाट पिडितलाई सम्भौताका लागी गत २०७९ पौष महिनाकाे अन्तिम तिर पालिकामा बोलाइयो धमाधाम सम्झौता भयो ।

घर पुर्नर्निर्माणका लागि सम्झौता भयो कार्यान्वयन भएन
घरहरु बिस्थापित भएको १ वर्षपछी विस्थापित परिवारका घर पर्ननिर्माण गर्ने भनेर भएको सम्झौता भएको मात्रै ५ महिना बितिसेको छ । तर पहिरोबाट पिडितहरु संग भएको सम्झौता अझै कार्यान्वयन हुन सकेको छैन । सम्झौता अनुसार आवश्यक प्रक्रिया समेत पिडितहरुले पुरा गरिसकेका छन् । कतिपयको त खाता समेत खोलिसकेको छ । सरकारले घर बनाइदिने आशवासन दिएर झन दुःख दिएको स्थानीयले दुखेसो गरेका छन् । पहिरोले घर बगाएको दिन देखी विस्थापित परिवारहरु अहिले पनि अर्काको घरमा बसिरहेका छन् ।

राष्ट्रिय बिपत तथा जोखिम न्यूनीकरण प्राधिकरण संग पुनः घर निर्माणका लागी सम्भौता भएको लामो समय बितिसकेको छ । तर हाल सम्म घर निमार्ण हुन नसकेको स्वामिकार्तिक खापर गाँउपालिका वडा न. १ का स्थानिय असल वि.क.ले बताएका छन् । उनले भने “यहाँका स्थानीयहरु आफ्नो रोजिरोटिका लागी भारत जाने गर्छन् । तर सरकारले नयाँ घर बनाइदिने भनेपछी भने उनिहरु घर बनाउने आसमा भारत गएनन् घरमै बसे । सरकाले घर बनाउने भनेको लामो समय बितिसक्दा पनि घर बनाउने सुरसार नभएपछी बाढी पिडतहरु अहिले हुम्लाकाे सिमिकोट कामका लागी कतिपय गइसकेका छन् भने केही जाने तयारीमा छन् ।”

स्थानीय सरकारले पनि चाँसो नदेखाएको पिडितहरुको दुखेसोः
पहिरोले जग्गा जमिन सवै बगायो, खेतिपाती गरेर खान लाउन नपुग्ने स्थानियको काम गरेर खाने जग्गा नै बगाएपछी जागराम बस्नुको अर्को बिकल्प छैन । बस्नका लागी घर मात्रै भएपनि सरकारले घर बनाइदिने भनेपछी घर बन्ने अपेक्षा अपेक्षामै सिमित रहेको स्थानीयको दुखेसो छ । पटक पटक स्थानिय सरकार संग गुहार गुहार  गर्दा पनि चासो नदेखाएको स्थानीयले बताएका छन् ।स्थानिय असल वि.क का अनुसार पहिरोबाट प्रभावित ९/१० जना स्थानीयहरु पिठ्युमा झोला बोकर हुम्लाको सिमिकाट जाज्छु भन्दै हिडिरहेक थिए । उनले पिलिचौर बजारमा उनिहरुलाई भेटका थिए ।

परिवार पाल्न हुम्लाको सिमिकोट जान लागेका उनिहरुको गुनासाे जस्ताकाे त्यस्तै,
“घर बनाउने भने घरमैै बस्यौँ, हरेक बर्ष भारत गएर परिवार पाल्दै आएका छौँ । खेतिपाती लगाएर उत्पादन थोरै हुन्छ । ६ महिनालाई त राम्ररी पुग्दैन बर्षभरको के कुरा गर्नु, सरकारले दुःख दिने काम मात्र गर्यो” स्थानीय धनमती वि.क ले भने यदि भारत गएको भए छोराछोरी पाल्न केही पैसा कमाई त हुन्थ्या होला स्थानीय यो वर्ष कतै गएनौँ पैसा आउला घर बनाउन सुरु गरौँला भनेर पर्खिदा पर्खिदा दुई बर्ष पुग्नै थालेको एक अर्का स्थानीय रत्ने कामीले बताए । “भएको जग्गा जमिन् पहिरोले बगायो । उत्पादन नै हँदैन थियो त्यसैमा बगाइहाल्यो । बस्ने घर बनाइदिन्छु भनेपछी घर बन्ने आस थियो तर पुरा भएन । खाली कुरायो । के खाएर छोराछोरी पाल्ने निकै समस्या भयो । त्यहिँ भएर अव कामका लागी हुम्ला जाने तयारीमा छौँ” अर्का स्थानीय सचिन वि.क बताउन्छन् ।

पैसा दिने भनेर सम्झौता भई आवश्यक प्रक्रिया पुरा भएको भएपनि राहत उपलव्ध नभएको अर्का स्थानीयको भनजयधने कामीको दुखेसो छ । “जनही ५ लाख सरकाले दिन्छ भनेको सुनेका थिया, पहिलो दस्रो र तस्रो किस्तामा दिन्छ भन्थे । तर हामीले भने अहिलेसम्म एक किस्तको पनि पैसा पाएका छैनौँ ।” उनले भने हामी बिकटका मान्छेलाई सरकारले पनि के र्हेथ्यो । राहात दिने भनेर आँखामा छारो हाल्ने काम मात्र र्गयो उनले अर्का स्थानीय दिप वि. क भन्छन् ।

वर्षातमा धेरै वर्षा भएपछि सिङ्गो गाउँ ज्यान जोगाउन बिद्यालय जान्छन् 
पहिरोले घर पुर्ण रुपमा बिस्थापित भैइ बस्न नमिल्ने भएपछि अहिले २५ घर परिवारको छिमेकीकै घरमा बास छ । स्थानीय धन कामी ,जगमन कामी, सचिन बिक, पससाम कामी ,धनसुरे कामी, भरत बिक, मेधे कामी ,चन्दे कामी, असल बिश्वकर्मा ,दले कामी , जयधने कामी, कन्न कामी , पर्ग कामी,कुले कामी, दिप कामी, गर्बे कामी, जोखे कामी,बिशे कामी, जैभाने कामी,अम्वलाल कामी, असोक कामी, सुरेन्द कामी, पसले कामी ,अनिपाल वि. क, बरुने कामी, लगायतका २५ जनाको सपरिवाको बस्ने बास छैन । न छाक टार्नलाई अनाज नै छ । कसरी दिन गुजारा गर्ने बिचल्ली छ । ४९ वटा घरमा पहिरोले क्षेती गरेपछि यी बाहेकका अरु परिवार बढी वर्षा भएको दिन गाउँमा रहेको श्री मण्डाली आधारभुत बिद्यालयमा गएर बस्ने गरेका छन् । गत वर्षको बर्षात जोखिम मोलेरै बिताए । फेरि वर्षात सुरु हुँदैछ वर्त नजिकिदै गएपछि चिन्ता बढ्दै गएको स्थानीयले बताएका छन् ।

घर निर्माणको थालनी गरे तर रकम उपलब्ध भएन स्थानीय भन्छन् गरिबका दुःख माथी सरकाले दुःख थप्योः
सरकारले घर पुर्ननिर्माणका लागि रकम उपलब्ध गराउने सहमति भएपछि घर पुनः निर्माणका लागि जग्गाको रकम पछि दिने भन्दै पहिरो पीडित स्थानीयले घर पुननिर्माणको थालनी गरे । वडा नं. १ का स्थानीयको बस्नका लागि र घर बनाउनका लागि जग्गा जमिन नभएकाले वडा नं. २ का छिमेकी संग घर बनाउने रकम आएपछि पैसा दिने भनेर जग्गा लिएका थिए। अहिले रकम उपलब्ध नभएपछि न घर बन्यो न त जग्गा धनीको पैसा नै तिर्न सके ।

तर अहिले रकम उपलब्ध भएन । छाक तार्नका पैसा छैन जग्गाको पैसा काबा तिर्ने स्थानीय जयधने कामीले बताए । सरकारले राहत स्वरुप घर पुनः निर्माणका लागि रकम उपलब्ध गर्ने भनेर आश्वासन दिएर झन गरिबलाई दुःख दिने काम गरेको स्थानीयको निष्कर्ष छ । गरिबका दुःख माथी दुःख थपिएको स्थानीयको गुनासो छ ।
यता गाँउपालिकाको कार्यालयका अनुसार गाँउपलिका भरका ९८ घर पुनः निर्माणका लागी छनोटमा परेका थिए । जसमध्य वडा न. १ का पनि ४९ वटा घरहरु पुन निर्माण गर्ने भनिएको थियो । बर्ष भर घर बनाउने भन्दै काँही कतै नगएर घरमै बसेपछी छाक तार्न समेत मुस्किल भएपछी घर छोडेर हुम्लाको सिमिकोटको यात्रा तय गर्नुपरेको स्थानीयको भनाई छ ।

यस्तो बताउन्छन् गाँउपालिका अध्यक्षः
स्थानीयको दुखेसोलाई सम्बोधन गर्न आवश्यक पहल गरिहेको गाँउपालिकाका अध्यक्ष भरत रोकायाको दावी छ । जिल्ला प्रशासन कार्यालय बिपत न्युनिकरण प्राधिकरण संग पनि समन्वय गरिहेको भएपनि चासो नदेखाएको उनले बताए । बाढी पिडित स्थानीय र पालिकाको टोली जिल्ला प्रशासन कार्यालयमै पुगेर ध्यानाकर्षण गराउने तयारी भइरहेको पनि अध्यक्ष रोकायाको भनाई छ।

के भन्छन् त ? प्रजिअः
यता यो बिषयमा प्रमुख जिल्ला अधिकारी पुष्कर खड्कालाई सोध्दा बाजुराका बाढी पहिरोबाट पिडितका घरहरु पुर्ननिर्माणका लागी भएको सम्झौता कार्यान्वयनका लागी मन्त्रालय सम्मै पुगेको बताएका छन् । केही समय ढिलो भएको स्विकार गर्दै अवको केही दिन प्रक्रिया पुरा गरिसकेका स्थानीयको खातमा पैसा आउने प्रजिअ खड्काले बताए । कतिपयले फर्म भर्न ढिलो गरेको र कतिपयको खाता नम्बर फरक परेको आदी समस्याले पनि केही रुपमा ढिलो भएको प्रजिअ खड्काको भनाई छ । ।यता सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्रि नरेश बहादुर शाहीलाई समेत यो बिषयमा बुझ्न खोज्दा यो बिययमा आवश्यक पहल चाल्ने मुख्य मन्त्रि शाहीको सचिवालय श्रोतले बताएको छ ।
दुर्गम अनि बिकट बाजुराको स्वामिकार्तिक खापर गाँउापलिका भौगोलिक बिकताले पनि निकै टाढा छ । बिकासका दृष्टिकोणले पनि पछाडी मानिन्छ । राज्यले समेत टाढा ठानेको बाजुराको दर्गम स्वामिकार्तिक गाँउपालिकामा गरिवी व्यरोजगारी र भोकमरी अत्याधिक छ । उसो त गरिवी व्यरोजगारी र भोकमरी सिङ्गो जिल्लाकै समस्या हुन् । त्यसैमा स्वामिकार्तिक गाँउपालिका यसबाट बढी ग्रसित छ । जहाँ भोकमरीकै कारण हरेक बर्ष कयौँ बालबालिकाहरु कुपोषणको चपेटोमा पर्छन् । हरेक बर्ष कुपोषणका कारण बालबालिकाहरुले ज्यान गुमाइरहेका छन् । आमा र बच्चा दुवै कडा कुपोषण्को सिकार हुने गर्छन् । गाँउपलिका बासि कुपोषणको समस्याबाट मात्र ग्रसित छैन् । भिरालो ठाँउमा बसोवास गर्ने त्यहाँका स्थानीयलाई हरेक बर्षको वर्षातमा बाढी पहिराले पनि त्यत्तिकै सताउन्छ ।
यस्तै जिल्लाका अन्य थुप्रै बस्तीहरु पहिरोको उच्च जोखिममा छन् । जिल्ला बिपद व्यावसथापन समितिका अनुसार झण्डै ११६ गाउँ पहिरोको जोखिममा छन् । पछिल्लो तथ्याङ्क संकलन भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । हरेक बर्षको बर्षातमा बाजुराका प्रत्येक स्थानीय तहमा बाडी पहिरोले भौतिक तथा मानवीय क्षती पुर्याउदै आइरहेको छ । जोखिममा रहेका बस्ती स्थानान्तरण गरेर अन्यत्र बसाई सार्नुपर्ने देखिन्छ । तर यसमा सरोकारवाला निकाय भने मौन रहेको छ ।
सुदुरका ९ वटा जिल्ला मध्यको हिमाली जिल्ला हो बाजुरा जुन भौगोलिक दृष्टिकाेणले विकट अनि दुर्गम मानिन्छ । जहाँका अधिकांश बासिन्दाहरु भिरालो बस्तिहरुमा बसोवास गर्दै आइरहेका छन् । बर्षातमा उच्च बहावमा बहने ठुला नदि तथा खोला नालाहरु अत्याधिक छन् । बर्षातको समय सुरु भएपछि भिरालो बस्तीमा बसोवास गर्ने बाजुराका स्थानीय कसरी ज्यान जोगाउने भन्ने चिन्ता बढ्न थाल्छ । बस्ती जोखिममा रहेका बर्षौ देखि बस्ती स्थानान्तरणको माग गर्दै आइरहेको भएतापनि हाल सम्म सम्बन्धि सरोकारवाला निकायले भने चासो देखाएका छैनन् ।
त्रासमा हरेक बर्षको बर्षातको ४ महिना कटाउन बाजुराका अधिकास ठाउँका स्थानीय बाध्य छन् । बाजुराका बाढी प्रभावित परिवारका दु्खेका घाउहरुमा मलम पट्टि लगाउने नत स्थानिय सरकार छ नत प्रदेश छ न त संघ नै छ । तिन वटै तहका सरकार स्थानिय बाढी प्रभावितको समस्या समाधान गर्ने कुरामा ध्यान गएको देखिन्न । स्थानिय तह प्रदेश हुदैँ केन्दिय तहको नेतृत्व गर्ने नेताहरूको अभाव भने बाजुरालाई छैन ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑