
बाजुरा- जिल्लाको पुर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा खाद्यान्न विक्री केन्द्र स्थापना गरी संचालनमा ल्याइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी बाजुराको सहयोगमा स्वामीकार्तिक खापर गाउँपालिकाको केन्द्र सुईजिउलामा खाद्यान्न विक्री केन्द्र स्थापना गरिएको गाउँपालिकाले जनाएको छ ।
खाद्यान्न लिनका लागि पालिकाका स्थानीयले कोल्टी डिपो केन्द्रमा एक दिनको पैदल हिडेर लिनुपर्ने बाध्यता भने हटेको छ ।
खाद्यान्न विक्री केन्द्रको एक कार्यक्रमका विच राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला ओलीले सर्वसाधारणलाई चामल हस्तान्तरण गरेर उद्घाटन गरेकी छन् ।
विक्रि केन्द्रको स्थापना गर्दै सूचना आयुक्त ओलीले दुर्गम ठाउँमा रहेको यो पालिकामा राज्यले छिटोभन्दा छिटो खाद्यान्न डिपो नै स्थापना गर्नु पर्ने बताएकी छन् ।
यस अघि गाउँपालिकाबासीले घण्टौ टाढा रहेको कोल्टी, पिलुचौर लगायतका बजारमा गएर महंगो मुल्यमा खाद्यन्न किनेर खाने गरेका थिए ।
गाउँपालिका नागरिकलाई बजारको भन्दा सस्तो र सुलभ मुल्यमा खाद्यन्न उपलव्ध गराउनका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीसंगको सहकार्यमा गाउँपालिकामै पहिलो पटक खाद्यन्न विक्री केन्द्र स्थापना गरेको गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले बताएका छन् ।
गाउँपालिकामा पहिलोपटक खाद्यान्न विक्री केन्द्र स्थापना भएपछि यहाँका स्थानीयलाई घण्टौ हिँडेर बजारको महंगो मुल्यमा चामल किनेर खानुपर्ने बाध्यता हटेको छ ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर