• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 30, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

देश थङ्थिलो बनाउने भ्रष्टाचारीहरुलाई सरकारले छाड्दैन गृहमन्त्री

खप्तड मालिका न्युज May 18, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौँ- उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारले देश थङ्थिलो भएको भन्दै सरकारले यसमा संलग्न कसैलाई पनि नछाड्ने बताएका छन् । भ्रष्टाचारीहरुमाथि निर्मम बन्दै सरकार आम जनतामा सुशासनको प्रत्याभूति दिलाउन लागिपरेको श्रेष्ठको भनाइ छ । बिहीबार बिहान माओवादी केन्द्रको प्रवास समन्वय समितिका टोलीसँगको भेटवार्तामा श्रेष्ठले नक्कली शरणार्थी प्रकरणमा मुछिएका कसैलाई पनि सरकारले नछाड्ने स्पष्ट पारे ।

‘नक्कली शरणार्थी प्रकरण मात्रै होइन भ्रष्टाचारको जालो देशमा भयानक ढंगले फैलिएको छ । देशलाई थङ्थिलो बनाउने भ्रष्टाचारीलाई सरकारले छाड्दैन’, उनले भने देशको समृद्धि नहुनुको पछाडि भ्रष्टाचार नै प्रमुख समस्या भएको उल्लेख गर्दै श्रेष्ठले भने, ‘अहिले पनि हर ठाउँमा कमिसनको चक्कर छ । ठुला योजनाहरू अध्ययन बिना कमिसनको चक्करमा ल्याउने काम समेत भएका छन् । यसको जरोकिलो उखेल्नुपर्छ, यो अभियानमा सरकार प्रतिबद्ध भएर लागेको छ ।’ उनले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अपराधमा संलग्न कसैलाई पनि उन्मुक्ति नदिने प्रतिबद्धता जनाउँदै सोहीअनुसार प्रहरीले कारबाही प्रक्रिया अघि बढाइरहेको बताए ।

‘यसमा प्रधानमन्त्रीको दह्रो साथ रहेको छ । देशका प्रमुख दलका नेताहरु पूर्वप्रम शेरबहादुर देउवा र केपी ओलीहरुसँगको भेटमा पनि म कसैको दबाबमा पर्दिनँ भनेको छु’, उनले भने, ‘सरकारले कसैलाई छाड्दैन । प्रहरीले निष्पक्ष छानबिन गर्छ । मैले निर्भीकताका साथ काम गर्न भनेको छु ।’ सो क्रममा प्रवास समन्वय समितिका टोलीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा गृहमन्त्रीले चालेको कदमप्रति धन्यवाद दिँदै ऐक्यबद्धता जनाएको समितिका अध्यक्ष ओम शर्माले जानकारी दिए ।

समितिका सहइन्चार्ज लक्ष्मण पन्तले सरकारले भ्रष्टाचारविरुद्धको अभियान सञ्चालन गरेर पार्टी र विश्वभरका नेपालीको शिर ठाडो भएको बताए । उनले उच्च ओहोदामा भएकाहरूले गल्ती गरेका छन् भने कारबाही हुनुपर्नेमा जोड दिए । यसैगरी अध्यक्ष ओम शर्माले प्रवास समन्वय समितिले गरिरहेका कामकारबाहीबारे संक्षिप्तमा जानकारी गराउँदै भ्रष्टाचारविरुद्ध सरकारले गरेको काममा खुट्टा नकमाईकन सम्पन्न गर्न आग्रह गरे । उनले सरकारले गरेको काममा सिङ्गो प्रवासीहरू खुसी भएको पनि बताए ।

यस्तै शर्माले प्रवासी नेपालीहरूले भोग्नुपरेको समस्या समाधान गर्न शक्तिशाली कमिसन गठन गर्न पनि गृहमन्त्रीमार्फत सरकारलाई विशेष आग्रह गरे । यो विषय सरकारको नीति तथा कार्यक्रममा समेट्न पनि शर्माले आग्रह गरे । सो अवसरमा अस्ट्रेलियामा प्राध्यापन गरिरहेका कृष्ण श्रेष्ठले सरकारले भ्रष्टाचारविरुद्ध चालेको कदमको विदेशमा पनि प्रसंशा भइरहेको बताए ।

यसैबीच सोही क्रममा वैदेशिक रोजगार गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैशी र महासचिव कुन्सा दोर्जे डिम्डोङले वैदेशिक रोजगारीका क्रममा श्रमिकहरुले भोग्नुपरेका समस्याबारे गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।

गृहमन्त्रीसँगको भेटवार्तामा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुरेन्द्र भुसालसहित प्रवास समन्वय समितिका नेताहरु टीबी पाठक, इन्द्रराज भट्टराई, मनऋषि धिताल, हर्क थापा, रमेश तिवारी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित पोस्ट
  • बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे
  • बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे
  • तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’
  • बाजुरामा हावाहुरी,चट्याङ,र पहिराेबाट पशुचाैपाया र घरमा क्षती
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    समाचार

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    बाजुरामा हावाहुरी,चट्याङ,र पहिराेबाट पशुचाैपाया र घरमा क्षती

    आज देशका केही भूभागमा भारी वर्षा र हावाहुरीको सम्भावना

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑