• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 30, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा सम्पन्न आँखा शिबरबाट १ सय ९० जनाको आँखाको ज्योति फर्कियो

खप्तड मालिका न्युज May 10, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा — प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा स‌चालन भएको आँखा शिबिरबाट १ सय ९० जनाको आँखाको ज्योती फर्काइएको छ । ज्योती फर्काइएका मध्य ९७ जना जगन्नाथ गाउँपालिका मात्रै रहेका छन । जगन्नाथ गाउँपालिकाका ९७ जनाको निशुल्क अप्रेशन गरिनुका साथै गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी र कोल्टीबाट घर सम्म यातायातको व्यवस्था गरिएको जगन्नाथ गाउँपालिका अध्यक्ष काली बहादुर शाहीले बताए । अप्रेशनका लागि सिफारिस गरिएका ९१ जना र थप ६ जना गरी ९७ जनाको प्राथमिक स्वास्थ्य चौकी कोल्टिमा अप्रेशन गरिएको अध्यक्ष शाहीले बताए ।

जगन्नाथ गाउँपालिकाको आयोजना तथा गेटा आँखा अस्पताल धनगढी,कैलालीको समन्वयमा जगन्नाथ गाउँपालिकामा बैशाख १४ देखि १६ गते सम्म बिरामीहरुको सहजताका लागि जगन्नाथ स्वास्थ्य चौकी लुमा, हुनीमहती स्वास्थ्य चौकी, महती र सामुदायीक स्वास्थ्य इकाई डाडाँखर्कमा संचालन भएको शिविरमा ७ सय ५० जनाको आँखाको चेकजाँच, औषधी उपचार, परामर्श र ६ सय २५ जनाले चस्मा प्राप्त गरेको जगन्नाथ गाउँपालिकाले जनाएको छ।

कुण्डा क्षेत्रका चार वटा पालिका संगै छिमेकी जिल्ला हुम्ला, मगु र कालीकोटका सेवाग्राहिलाई लक्षित गर्दै सञ्चालन भएको शिविरमा वालवालिका देखि जेष्ठ नागरीक सम्मका स्थानियले सेवा पाएको बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताए ।

काल्टीमा सञ्चालन हुने थोरै लगानि र छोटो समयको शिविरबाट नागरीकले सोचे अनुसारको सेवा लिन नसकेको अवस्थामा यस पटक आयोजना भएको शिविरबाट नागरीकले आफुले चाहे जति सेवा लिएको बुढिनन्दा नगरपालिकाका प्रमुख जनक बोहराले बताएका छन ।

शिविरमा ३ सय ८० महिला र ३ सय ७० जना पुरुष लाभान्वित हुनुका साथै न्युन दृष्ट्रि भएका, दृष्ट्री गुमाएका, मोतियाबिन्दु भएका र बिषेश खालका आँखाको रोग लागेका ९१ जना बिरामीहरुलाई अप्रेशनका लागि कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा स‌चालन भएको शिबिरमा रिफर गरिएको जगन्नाथ गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बताए।

बैशाख २४ देखि २६ गते बुढीनन्दा नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र, कोल्टीमा संचालन भएको शिविरमा २ हजार जनाको चेकजाँच र १ सय ९० जनाको अप्रेशन गरिएको गेटा आँखा अस्पतालका डा इष्मत अधिकारीले बताएका छन । अप्रेशन गरिएका बिरामीहरुलाई औषधी र चश्मा निशुल्क बितरण गरिएको डाक्टर अधिकारीले बताए ।

२ जना नावालकमा जन्मजात अन्धोपन देखिएको हुँदा उनिहरुको आँखामा ज्योति फर्काउनका लागि गेटा आँखा अस्पतालमा रिफर गरिएको जनाएको छ। आँखा शिविरमा अप्रेशनका लागि रिफर गरिएका र आँखा चेकजाँच गर्न छुटेका आ आफ्नो वडाका बिरामीहरु संग समन्वय गरेर कोल्टीमा पुर्याउन र ल्याउने कार्यका लागि सम्बन्धित वडाका वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुलाई जिम्मेवारी दिएको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित पोस्ट
  • बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे
  • बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे
  • तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’
  • बाजुरामा हावाहुरी,चट्याङ,र पहिराेबाट पशुचाैपाया र घरमा क्षती
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    समाचार

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    बाजुरामा हावाहुरी,चट्याङ,र पहिराेबाट पशुचाैपाया र घरमा क्षती

    आज देशका केही भूभागमा भारी वर्षा र हावाहुरीको सम्भावना

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑