
काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर घटाउनेमा अर्थमन्त्री डा. प्रकाशशरण महत विश्वस्त देखिएका छन् । राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०८० / ८१ को सिद्धान्त तथा प्राथमिकताबारे उठेका प्रश्नको मंगलबार जवाफ दिंदै अर्थमन्त्री महतले सरकारले बजेटमार्फत अनावश्यक खर्च घटाउने, नचाहिने संरचनाहरु हटाउने र पूँजीगत खर्च बढाउने भन्दै राष्ट्र बैंकले पनि मौद्रिक नीतिमार्फत ब्याजदर घटाउनेमा आफू विश्वस्त रहेको दोहोर्याए ।

ब्याजदर घटाएर वित्तीय लागत कम गर्ने र सरकारी खर्च बढाएर अर्थतन्त्र चलायमान गराउने सरकारको योजना रहेको डा.महतले सुनाए । ‘व्यापार व्यवसायमा ब्याजदर बढेका कारण नाफा भइरहेको छैन, नयाँ ऋण लिन खोज्नेहरु पोसाउँदैनन् । बैंकिङ क्षेत्रबाट पूँजी परिचालन गर्ने वातावरण बनाउन मौद्रिक नीतिमार्फत पनि सम्बोधन हुनुपर्छ,’ उनले भने, ‘मलाई के विश्वास छ भने राष्ट्र बैंकले मौद्रिक नीति खुकुलो पार्छ र त्यसले ब्याजदर घट्छ ।
ब्याजदर घटेपछि परियोजना र व्यापार व्यवसायको लागत कम हुने महतको भनाइ छ । त्यसले व्यापार व्यवसाय वृद्धि हुने, रोजगारीको अवसर पनि बढ्ने अर्थमन्त्रीको अपेक्षा छ । महतले ब्याजदर घटाउनासाथ राजस्वको आधार फराकिलो हुने बताए । यसकै आधारबाट आगामी बजेटको लक्ष्य निर्धारण हुने पनि उनले बताए ।
उनले बजेटमा केही घरानालाई पोस्ने काम नहुने बताए । कुनै घराानालाई नाफा र हानी गराउने गरी काम नहुने भन्दै उनले विलसाी सामानको आयात र उपभोग जनताको रोजाइमा छाडिने बताए । ‘के उपयोग गर्ने र नगर्ने आम जनतालाई छोडिदिउँ,’ उनले भने, ‘हामीले अर्थतन्त्रमा समृद्धि सिर्जना गरेर नागरिकलाई त्यसको पहुँचमा पुर्याउँदा हुन्छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर