
मिन बहादुर खड्का बाजुरा – सुदुरपश्चिम् प्रदेशका मुख्य मन्त्री कमल बहादुर शाहले पिछडिएका र पछाडि पारिएको दुर्गम अनि बिकट बाजुराको बिकासलाई प्रमुख प्राथमिकतामा राख्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा बोल्नुहुँदै मुख्य मन्त्री शाहले यस्तो बताउनु भएको हो ।

सुदुर पश्चिम् प्रदेशका ९ वटा जिल्लाको हकमा बाजुरा समग्र मा पछाडी स्वभाविक रुपमा परेको बताउनु हुँदै अवको आफ्नो कार्यकालमा बाजुरालाई मुख्य प्राथमिकतामा रखेर बजेट बिनियोजन गर्ने पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । राज्यले नै उपेक्षा गरेको बाजुरा जिल्लालाई अगाडि ल्याउनका लागि मुख्य मन्त्रीको हसियतले आवस्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । सुदुरपश्चिम् का ९ वटै जिल्लामा भ्रमणका क्रममा रहनुभएका मुख्य मन्त्री शाह मंगलवार साझ मात्र जिल्लामा पुग्नुभएको छ ।
जनताका सुझाव संकलनका लागि भ्रमणका क्रममा प्रत्येक जिल्ला भ्रमणको कार्यक्रम रहेको उहाँको भनाई थियो । मन्त्रीमण्डल किन गठन हुन सकेन ? भन्ने प्रश्नको जवाफ दिनुहुँदै राष्ट्रिय राजनीतिमा फेरबदलका कारण मन्त्रीमण्डल गठन हुन नसकेको उहाँले प्रष्ट पार्नुभयो । समग्रमा सुदुरपश्चिम् प्रदेशको बिकासका लागि आफ्नो कार्यकालमा हर प्रयत्न गर्ने उहाँले बताउनुभयो । शिक्षा, स्वास्थ, सडक, लगायतका बिकासका पुर्वाधारमा पछाडी परेको बाजुरा जिल्लालाई आफ्नो कार्यकालमा मुख्य प्राथमिकतामा राख्ने उहाँको भनाई थियो । बाजुराको जर्जर समस्याका रुपमा रहेको प्रमुख सडक खण्ड साफे मार्तडी सडक खण्डको स्तोरउन्नति संगै अन्य सडकहरू बिस्तार कार्यलाई अगाडि बढाउने पनि उहाँले बताउनुभएको छ ।
बाजुराका प्रमुख धार्मिक एवम् पर्यटकिय स्थलहरु बडिमालिका लगायतका अन्य पर्यटकिय सम्भावना बोकेका धार्मिक एवम् पर्यटकि क्षेत्रको पर्यटन प्रबर्द्धन गर्ने पनि आफ्नो उदेश्य रहेको उहाँको भनाई थियो । पत्रकार सम्मेलनमा बोल्दै मुख्य मान्त्री शाहले सुदुरपश्चिम् प्रदेशमा बिगतको भन्दा फरक र नयाँ कमा गर्ने बताउनुहुँदै प्रदेशको मुहार फेर्ने सन्कल्प आफू गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नु भएको छ । प्रदेश सरकाले बजेट बिनियोजन गर्ने क्रममा सबै जिल्लालाई समान व्यवाहार गरेर बजेट बिनियोजन गर्ने प्रतिबद्धता जनाउनुहुँदै बिगतमा जस्तै परिस्थिति नदोहोर्याउने स्पष्ट पार्नुभयो । नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराको आयोजनामा सुरु भएको पत्रकार सम्मेलन प्रेस युनियन जिल्ला शाखा बाजुराका अध्यक्ष प्रेम रौलेको अध्यक्षतामा सुरु भएको हो ।
एक औपचारिक कार्यक्रमका बिच सुरु भएको पत्रकार सम्मेलन कार्यक्रमको प्रमुख अथिती मुख्य मन्त्री कमल बहादुर शाह रहनु भएको थियो । पत्रकार सम्मेलनमा निवर्तमान सूचना संचार तथा राज्य मन्त्री गोबिन्द्र शाह, नेपाली कांग्रेसका नेता सुदुरपश्चिम् प्रदेश सभा सदस्य बाजुरा प्रदेश सभा क्षेत्र न . २ बाट निर्वाचित पदम बहादुर शाही, प्रदेश सभा सदस्य माननीय जुना दानी, नेपाली कांग्रेस जिल्ला कार्य समिती निवर्तमान सभापति कबिराज पण्डित, जिल्ला कार्य समिति उपसभापति पदम बडुवाल , नेपाली कांग्रेस जिल्ला कार्य समितिका पधातीकारी , नेपाली कांग्रेसका नेता कार्य कर्ता जिल्ला स्थित सम्पुर्ण मिडियामा कार्यरत पत्रकार लगायतको उपस्तिथि रहेको थियो । कार्यक्रमको संचालन सचीव प्रशान्त राज जोशीले गर्नुभएको थियो ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर