
बाजुरा- बाजुराको बडीमालिका–८ र ९ का बस्ती बाढीपहिरोको जोखिममा परेका छन्। जिल्लाको बडीमालिका नगरपालिका–८ र ९ को राप्का बाउली बस्तीहरू बाढीपहिरोको उच्च जोखिममा परेका हुन्।खोलाले बस्तीको दायाँतर्फको जमिन बर्सेनि कटान गर्दै गएपछि राप्का र बाउली बस्ती बाढीपहिरोको जोखिममा परेका हुन्।

स्थानीयका अनुसार प्रत्येक वर्ष बर्खाको समय बाउली खोलाले जमिन कटान गर्दै गएकाले अहिले बस्ती जोखिममा रहँदै आएको छ। स्थानीय तहले बस्ती स्थानान्तरणका लागि तथ्याङ्क सङ्कलन गरेर जिल्ला विपत् व्यवस्थापन समितिलाई बुझाइसके पनि कुनै सुनुवाइ नै नभएको बडीमालिका नगरपालिकाका स्थानीय वीरबहादुर थापाले बताए।
बडीमालिका नगरपालिकाका दर्जनौँ बस्ती बाढीपहिरोको जोखिममा छन्। यस्ता बस्ती स्थानान्तरण गर्न जिल्ला विपत् व्यवस्थापन समितिमा छलफल भइरहेको बडीमालिका नगरपालिकाले जनाएको छ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर