
राजेन्द्र बहादुर रोकाया,बाजुरा– जिल्लाको हिमाली गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकाले संचालन गरेको माथिल्लो कर्णाली जल पर्यटन महोत्सवमा स्थानीय संस्कृति तथा सभ्यतालाई जोड दिएको छ ।


चार दिनसम्म संचालन भएको महोत्सवले उद्घाटन देखि समापनसम्म स्थानीय संस्कृतिको जगेर्नामा जोड दिएको थियो ।

स्थानीय स्तरमा परम्परा कालदेखि चलिआएका संस्कृतिको जगेर्ना र पालिकाको विकास गर्ने उद्देश्यका साथ संचालन भएको महोत्सवमा दुबै पालिका भित्र रहेका स्थानीय संस्कृति र स्थानीय उत्पादमा समेत जोड दिएको थियो ।

स्थानीय स्थरमा रहेका मागल, हुड्केउली, फाग, देउडा भुवाचालि,हरिनु लगाएतका स्थानीय संस्कृतिहरु महोत्सवमा प्रस्तुत गरिएका थिए । स्थानी स्थारमा उत्पादन हुने माटाका भाडा, भेडाको उनबाट बनेका राडी, भाँडाकुडा लगायतका स्थानी बस्तुहरु महोत्सवमा राखिएका थिए ।

स्थानीय स्तरमा उत्पादन बालिहरु चिनो, कागुनो, मार्सि धान, सिमि, मकै, फाँपर लगाएतका रैथाने बालिहरु समेत महोत्सव राखि स्थानीय बालिहरुमा जोडदिन सन्देश दिईएको थियो ।

हिमाली गाउँपालिका र स्वामिकात्र्तिक खापर गाउँपालिकाको संयुक्त आयोजना र नेपाल पर्यटन बोर्ड लगायतका निकायसँगको सहकार्यमा महोत्सव २०८० बैशाख ४ देखि ७ गतेसम्म ४ दिन सञ्चालन गरिएको थियोे ।

स्थानीय संस्कृति संगै दुबै पालिकाको समग्र विकासका बिषयमा समेत बिज्ञहरुसंग छलफल गरिएको थियोे । स्थानीय कला, सँस्कृतिको प्रवद्र्धन, कर्णाली जल पर्यटनको संभावनाको अध्ययन र रैथानी बालीको संरक्षण तथा पहिचानका लागि आयोजित महोत्सवले कुन्ना क्षेत्रको विकास र समृद्धिका प्रमुख सम्भावना समेटिएको ९ बुँदे घोषणा पत्र जारी गरिएको छ ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर