
बाजुरा– जिल्ला सदरमुकाम मार्तडी बाट ४ दिनदेखी बिरामी रहेकी ८ महिने शिशुको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । मुगु जिल्लाबाट जिल्ला अस्पताल बाजुरामा ल्याएर पनि उपचार सम्भब नभएपछी नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी सुर्खेत पठाइएको हो ।

दैलेख जिल्ला माहाबु गाँउपालिका ४ काप्रिखोलाका बखत बहादुर शाहीकी ८ महिने छोरी टेनिशा शाहीको जिल्ला प्रशासन कार्यालय बाजुरा र दुर्गाभन्जन गुल्मको समन्वयमा उद्धार गरिएको दुर्गाभन्जन गुल्मका गुल्मपती दिवाकर खड्काले बताएका छन ।
शिशुकी आमा बिन्देश्वरी चन्द मुगु जिल्लामा कर्मचारी रहेकी र उनले मुगु हुदै बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रसम्म ल्याउदा उपचार सम्भव नभएपछी २ दिन हवाइ जहाजको पर्खाइमा रहेको बिन्देश्वरी चन्दले बताइन । दुई दिनसम्म पनि हवाईजहाजले लिन नमानेपछी उनले शुक्रबार राती जिल्ला अस्पताल बाजुरामा ल्याएकी थिइन ।
शिशुको अबस्था गम्भीर रहेको अवस्थामा रहेकोले तत्काल उद्धारका लागि पहल गरेको दुर्गाभन्जन गुल्मका गुल्मपती खड्काले बताए । समयमै उद्धार नभए शिशुको ज्यान जानसक्ने अबस्था भएको खवर नेपाली सेनाले पाएपछी उद्धारका हेलीकप्टरमार्फत समन्वय गरी सुर्खेत पठाएको गुल्मपती खड्काले बताए । ८ महिनाकी टेनिसा शाहीलाई निमोनिया पखाला लगायत बिबिध समस्या देखा परेको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
बाजुराबाट उडान हुने हवाईजहाजहरुले बिरामीलाई उडाउन नमान्दा बाजुरा हुम्ला मुगुका नागरीकले समस्या झेल्नुपरेको स्थानियले बताएका छन ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर