• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 26, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कला/साहित्य

प्रथम बार्जु महोत्सव यहिँ बैशाख १५ देखि २५ सम्म हुने

खप्तड मालिका न्युज April 16, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का/ बाजुरा- जिल्लाको बुढीगंगा नगरपालिका वडा न. ३ ताप्री सेरामा प्रथम बार्जु महोत्सव आयोजना यहिँ बैशाख १५ देखि २५ सम्म गरिने भएको छ । सुदुर साहित्य प्रतिष्ठान बाजुराको आयोजनामा नयाँ बर्ष नयाँ उत्सव भन्ने मुल नाराका साथ महोत्सवको आयोजना गर्न लागिएको हो ।यहीँ वैशाख १५ गते देखि करिब १० दिनसम्म चल्नेगरि महोत्सवको आयोजना गर्न लागिएको आयोजक सुदिर साहित्य प्रतिष्ठानले एक पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराएको हाे।
महोत्सवको तयारी समेत थालिएको आइतवार जिल्ला सदरमुकाम मार्तडीको स्वामिकार्तिक प्लाजामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ । समग्रमा जिल्लाको आर्थिक, सामाजिक तथा सास्कृतिक बिकास, कला र सस्कृतिको जगेर्ना, स्थानीय कलाकारको सम्मान, जिल्ला भित्र रहेका धार्मिक एवम् पर्यटकिय स्थलको प्रचार प्रसार, समग्रमा पर्यटन पर्वद्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको आयोजक सुदुर साहित्य प्रतिष्ठान बाजुराका सदस्य एवम् आयोजित महोत्सवका संयोजक नरेन्द्र थापाले पत्रकार सम्मेलनमा बताए । स्थानीय कला सस्कृतिको संरक्षण र सम्बर्द्धन र बिकास सवैको साझा दायित्व भएकाले महोत्सव संचालनमा सवैले साथ सहयोग गर्ने अपेक्षा आयोजकले लिएको थापाले बताए ।
जिल्लामा जुनसुकै कुरामा पनि राजनीति करण बढी हुन्छ भन्ने कुरा सुन्नमा आउने गरेको बताउँदा जिल्ला स्थित सवै राजनीति दलको सहकार्य, समन्वय र सहयोगमा महोत्सव संचालन गरिने थापाको भनाई छ । जिल्लाको कृषि, उद्योग, व्यापारको प्रबर्द्धन, जिल्लाको सिङ्गो सस्कृती झल्काउन, धार्मिक एवम् पर्यटकि दृष्टिकोणले जिल्लाको एतिहासिक सम्पदाका रुपमा रहेका धार्मिक एवम् पर्यटकिय स्थल, बडिमालिका मन्दिर, नाटेश्वरी, बुढिनन्दा, छेडेदह, पोरखे लेख, लगायतका क्षेत्रको व्यपाक प्रचार प्रसार गर्न, स्थानीय देउडा सस्कृतिको जगर्ना गर्न महोत्सवको आयोजना हुन लागेको थापाले बताएका छन् । महोत्सवले सिङ्गो जिल्लाको बिकासमा टेवा पुग्ने बिश्वास आयोजकले लिएको थापाको भनाई छ । महोत्सवको पुर्व सन्द्यामै महोत्सव बिथोल्न केही पक्षहरु संघर्ष गरिरहेको बताउँदै थापाले जस्तोसुकै चुनौतीका बिच पनि शान्तिपूर्ण ढंगले महोत्सव सम्पन्न गर्ने दावी गरेका छन् ।
थापाका अनुसार महोत्सव आगामी आउदो वैशाख १५ गते बाट संचालन भैई २५ गते सम्म चल्नेछ । महोत्सवमा २० भन्दा बढी राष्ट्रिय कलाकारका बेजोड प्रस्तुती रहनुका साथै ५० बढी स्थानीय कलाकारका पनि बेजोड प्रस्तुती रहने बताएका छन् । महोत्सवमा स्थानीय उत्पति बस्तुको पर्दशन संगै स्थानीय झा‍‍क्रि समेत प्रस्तुत गरिने बताइएको छ । महोत्सवमा स्थानीय कलाकारहरुलाई विशेष प्रथामिकता दिने र अन्य विधाका कला प्रतिभाहरुलाई पनि महोत्सवमा स्थान दिने र सहभागी गराइने बताइएको छ । महोत्सवमा हरेक बेलुका स्थानीय देउडा खेलाडी बिच लाइभ देउडा पनि हुने छ ।
महोत्सवको उद्घाटन र समापन कार्यक्रमको जिल्ला स्थित सम्पुर्ण रेडियो तथा अनलाइनबाट प्रत्यक्ष प्रशारण संगै व्यापक प्रचार गरिने छ । कुल ५० लाख भन्दा लगानी गरेर आयोजना गर्न लागिएको महोत्सवमा करिब ८० हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने आकलन आयोजकले गरेको छ ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑