
बाजुरा,२८ चैत्र : नेकपा एमाले निकटको राष्ट्रिय जन साँस्कृतिक महासंघ सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन बाजुरामा हुने भएको छ ।
जनसाँस्कृतिक महासंघ बाजुराले मंगलबार पत्रकार सम्मेलन मार्फत प्रदेशको प्रथम अधिवेशन बाजुरा गर्न लागेको जनाएको छ । पत्रकार सम्मेलन मार्फत जनसाँस्कृति महासंघको प्रथम अधिवेशमा ९ वटै जिल्लाका करिव १५० जना प्रतिनिधी सहभागी हुने जनसाँस्कृति महासंघ बाजुरा अध्यक्ष धिरन वि.क.ले जानकारी गराएका छन् ।

अधिवेशनको तयारीका लागि विभिन्न उप समिति बनाएर लैजाने अध्यक्ष वि.क.ले भन्नुभयो । अधिवेशनमा नेकपा एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेशका इन्चार्ज लेखराज भट्ट र स्थायी कमिटी सदस्य तथा सह इन्चार्ज कर्णबहादुरले उद्घाटन कार्यक्रममा सहभागी हुने पत्रकार सम्मेलनमा भनिएको छ ।
प्रदेशको अधिवेश आगामी बैशाख १४ र १५ गते जिल्ला सदरमुकाम मार्तडीको खुला मञ्चमा उद्घाटन गरिने अध्यक्ष विकले बताए ।
पत्रकार सम्मेलनमा महेश आउजी,ध्वज महरा,पूर्णकला विसी,रामप्रसाद अवस्थी,लक्ष्मी आचार्य लगायतका कलाकार समेत अधिवेशनमा आउने जनसाँस्कृतिक महासंघ बाजुराले जनाएको छ ।अध्यक्ष धिरेन विकको अध्यक्षतामा संचालन भएको पत्रकार सम्मेलनमा नेकपा एमाले बुढीगंगा नगर कमिटी अध्यक्ष नरेन्द्र थापा प्रमुख अतिथी रहेका थिए । कार्यक्रमको संचालन जनसाँस्कृतिक महासंघ बाजुराका सचिव देवबहादुर बोहराले गरेका हुन् ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर