
बाजुरा — बाजुरा जिल्लाको हिमाली गाउँपालिका४ स्थित तिथिचौरमा मिनिट्रक दुर्घटना भएको छ ।बाजुराको कोल्टीबाट रासन बोकेर हुम्लाको सरिसल्ला जाँदै गरेको मिनिट्रक दुर्घटना भएको बताए । ब्रेक फेल भएर सडक बाट करिब १५ मिटर तल खसेकोे नेपाली सेनाले जनाएको छ । मिनिट्रक दुर्घटना हुँदा चालक र सहचालक गरि २ जना घाईते भएका छन् ।
कोल्टीबाट खाद्यन्न सामाग्री बोकेर हुम्लाको सरिसल्ला जाँदै गरेको सु. प. प्र ०१००१ख २४९४नम्बरको मिनिट्रक दुर्घटना हुँदान नेपाली सेनाको कर्णाली करिडोर सडक निर्माणका लागि तिथिचौरमा रहेको नेपाली सेनाको पोष्टबाट गएको टोलीले उद्धार गरेको दुर्गा भन्जन गुल्म बाजुराका गुल्मपति दिवाकर खड्काले जानकारी दिए ।
ब्रेक फेल भएर सडकबाट करिब १५ मिटर तल खसेको अबस्थामा फेला पारेको गुल्म बाजुराले जनाएको छ ।उक्त मिनिट्रकका चालक पुस्कर सिंह धामी,र सहचालक लाई सकुशल उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । उक्त ट्रकमा रहेको खाद्यन्न जन्य सामाग्रीलाई पनि उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर